Connect with us
Kapilvast Forest

रुसी सैनिकमा भर्ती गराउने गिरोहका १२ जना सार्वजनिक

२०८०, २० मंसिर बुधबारमा प्रकाशित

रसियामा सैनिकमा भर्ती गराउने भनी नेपाली नागरिकलाई पठाउने गिरोहका १२ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले बुधबार पत्रकार सम्मेलनमार्फत उनीहरुलाई सार्वजनिक गरेको हो ।

गिरोहमा सङ्लग्न दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजता दाहाल, सन्तोष अधिकारी, सन्तोष नेपाल र द्रोण डाँगीलाई प्रहरीले सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भुपेन्द्र बहादुर खत्रीले सैनिक लगायत अन्य विभिन्न पेसामा जाने भनी विभिन्न एजेन्ट, फर्म, राहदानी र व्यक्तिगत विवरण पठाएका पीडित सम्पर्कमा आएको बताउनुभयो ।

रसिया जाने क्रममा ६ जनाको मृत्यु भएको घटनापछि काठमाडौं मात्र नभइ अन्यत्र जिल्लामा ठगी तथा मानव तस्करी हुन सक्छ भनी सरकार गम्भीररुपमा रहेका अवस्थामा विभिन्न माध्यमबाट प्राप्त गरेको सूचनाको आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको उहाँको भनाइ छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu