Connect with us
Kapilvast Forest

आर्थिक सङ्कट समाधान गर्न सरकार लाग्नुपर्छ : अध्यक्ष ओली

२०८०, २१ मंसिर बिहीबारमा प्रकाशित

नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा देखापरेको आर्थिक सङ्कट समाधान गर्न वर्तमान सरकार दत्तचित्त भएर लाग्नुपर्ने बताउनुभएको छ ।

आर्थिक सङ्कटका कारण प्रथम चौमासिकमै सरकारले कर्मचारीलाई तलब भुक्तानी गर्न सकिरहेको छैन, उहाँले भन्नुभयो, ‘‘कर्मचारीलाई तलब भुक्तानी गर्न नसक्ने सरकारले विकास निर्माण कसरी अगाडि बढाउन सक्छ ? ।’’ आर्थिक सङ्कटका कारण देशमा विकास निर्माण ठप्प भएकाले अर्थतन्त्र सुधार्ने योजना ल्याउन उहाँले सुरकारलाई सुझाव दिनुभयो ।

मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित ‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियानको आठौँ दिन आज बिहीबार बागलुङ बजारमा आयोजित सन्देश सभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले भन्नुभयो, ‘‘अहिलेको सरकार आर्थिक रूपले चरम असफलतामा गयो । अर्थतन्त्र सङ्कटमा परेको छ । कर्मचारीलाई तलब भुक्तानी गर्न राष्ट्र ऋण उठाउनु परेको छ ।”

सरकारले राष्ट्रहितको पक्षमा पनि काम गर्न नसकेको उहाँले बताउनुभयो । राष्ट्रिय हितका पक्षमा बोल्न नसक्ने सरकारबाट जनताले धेरै आशा गर्न नसक्ने उहाँले चर्चा गर्नुभयो । “एमाले नेतृत्वको सरकारका पालामा भएका विकास निर्माणका कामहरू अहिले ठप्प छन् । गरिबी बढेको छ । युवा पलायन भएका छन् । बैङ्क र ऋणीहरूका बिच सम्बन्ध तनावपूर्ण छ । यस्तो अवस्थामा सरकारलाई कसरी हामी सफल भयो भन्न सक्छौँ ?’’ उहाँले जिज्ञासा गर्नुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu