Connect with us
Kapilvast Forest

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १४ किलो सुन पक्राउ

२०८०, २२ मंसिर शुक्रबारमा प्रकाशित

बिहीबार राती दुबई फ्लाइटबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँ आएका गोरखा वारपाकका चन्द्र घले करिब १४ किलो सुनसहित पक्राउ परेका छन् । विमानस्थलका प्रहरी र भन्सार कार्यालयका कर्मचारीको टोलीले घलेलाई सुनसहित पक्राउ गरेको हो ।

नेपाल प्रहरीका प्रवक्ता डिआइजी कुबेर कडायतका अनुसार गोरखा वारपाकका चन्द्र घले सुनसहित जहाजबाट अवतरण हुने क्रममा पक्राउ परेका हुन । डिआइजी कडायतका अनुसार सुनसहित पक्राउ परेका घलेलाई भन्सार विभागमा थप कारबाहीका लागि बुझाई सकिएको छ ।

शरीरमा सुन लुकाएर ल्याएको अवस्थामा घले पक्राउ परेको जानकारी प्रहरीले दिएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu