Connect with us
Kapilvast Forest

पेस्तोल देखाएर लुटियो पाँच लाख

२०८०, २८ मंसिर बिहीबारमा प्रकाशित

सर्लाहीको हरिपूर्वामा बिहीबार बिहान अज्ञात व्यक्तिले हतियार देखाएर सहकारीका कर्मचारीको साथमा भएको पाँच लाख रुपियाँ लुटेका छन्। जिल्लाको दक्षिण-पूर्वी ग्रामीण भेगमा पर्ने हरिपूर्वा नगरपालिका–६, हनुमान चोकस्थित महाजनको पोखरी नजिक बिहीबार बिहान ११ः३० बजेतिर लुटपाट भएको हो ।

हरिपूर्वा बजारमा रहेको एनआईसी एशिया बैङ्कको शाखाबाट पाँच लाख रुपियाँ निकालेर जयगङ्गा बचत तथा ऋण सहकारी संस्थाको सेवा केन्द्र बसन्तपुरतर्फ लिएर आउँदै गर्दा हतियारधारी व्यक्तिले रकम लुटेका हुन् ।

बसन्तपुर सेवा केन्द्रका प्रमुख रामनाथ राय र कर्मचारी निरा राय ना १५ प ९८९२ नम्वरको मोटरसाइकलमा पैसा लिएर हरिपूर्वाबाट वसन्तपुरतर्फ आउँदै गर्दा अज्ञात व्यक्तिले हतियार देखाएर लुटपाट गरेका सहकारीका अध्यक्ष गणेश यादवले जानकारी दिनुभयो । तत्कालै वरिपरीका मानिसले दौडिएर नियन्त्रणमा लिन खोज्दा दुई जना हतियारधारी व्यक्ति पेस्तोलबाट एक राउण्ड हवाई फायर गर्दै फरार भएका प्रत्यक्षदर्शीले बताएका छन् ।

मुखमा कालो मास्क लगाएर हिँडेका लुटेरा सवार अपाचे मोटरसाइकलको नम्वर प्लेटमा माटोले पोतिएको थियो । सर्लाही प्रहरीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपेन्द्र पन्जियार थारुले लुटपाटमा संलग्नहरुको खोजी तीव्र पारिएको जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक (इन्सपेक्टर) को नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटाइएको र सीमा नाकाहरुमा कडाईका साथ चेकजाँच भइरहेको डीएसपी थारुले बताउनुभयो । उहाँका अनुसार घटनाका सम्बन्धमा वरिपरीका स्थानीय र लुटिएका कर्मचारीसँग सोधपुछ भइरहेको छ ।

हरिपूर्वा बजार क्षेत्र र सडक छेउछाउमा सीसी क्यामेरा नरहेकाले प्रहरीलाई लुटेराकाे खोजी तथा पहिचानमा समस्या परेको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu