देशका लागि खेल्न खेलाडीलाई मन्त्री आचार्यको आग्रह
काठमाडौ
नेपाल सरकारका महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्र राज आचार्यले स्त्रेनथ लिफ्तिङ खेलमा खेल्न जाने खेलाडीहरुलाई विदाई गर्नु भएको छ ।
मन्त्री आचार्यले खेलाडीलाई उच्च मनोबलका साथ देशको लागि खेल्न आग्रह गर्नु भएको छ ।
भारतको हैदराबादमा हुन गई रहेको दशौ बिश्व स्त्रेनथ लिफ्तिङ खेलमा खेल्न जाने खेलाडीहरुलाई सम्मानका साथ मन्त्री आचार्यले बिदाइ गर्नु भएको हो ।
नेपाल स्त्रेनथ लिफ्टिङ महासघंका भरत महार्जनको नेतृत्वमा ३३ जना खेलाडी भारत प्रस्थान गरेका हुन ।
नेपालको पक्षमा इमानदारीपूर्वक खेल खेल्ने महासघंका अध्यक्ष भरत महर्जनले बताउनु भयो ।
नेपाल स्त्रेनथ लिफ्टिङ महासघंका संस्थापक तथा केन्द्रिय महासचिव जीवन गिरीले टोलीलाई सम्मान सहित विदाई गर्नु भएकोमा मन्त्री आचार्यलाई धन्यवाद समेत दिनु भयो ।
गिरीकै कोचमा खेलाडीहरुको टोली भारत प्रस्थान गर्न लागेको हो ।