Connect with us
Kapilvast Forest

शिवराजद्धारा विद्यालयको पत्रलाई बेवस्ता गरी कार्यालय सञ्चालन

२०८०, ३ पुष मंगलवारमा प्रकाशित

न्युज सेन्टर नेपाल-
कपिलवस्तुको शिवराज नगरपालिकाले विद्यालयको पत्रलाइै बेवस्ता गरी धमाधम भौतिक संरचना निर्माण गरीरहेको छ । शिवराज नगरपालिका वडा नं ५ चन्द्रौटा स्थित राष्ट्रिय माध्यमिक विद्यालयले नगरपालिकालाई काटेको पत्रको बेवस्ता गरी संरचना निर्माण गरिरहेको पाइएको छ ।

राष्ट्रिय माध्यमिक विद्यालयले मिति २०७९ चैत्र ९ गते शिवराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई सम्बोधन गर्दे पठाएको पत्रको कुनै सुनुवाई नै भएको छैन । शिवराज नगरपालिकाले बहुबर्षिय योजना अनुसार स्रोत केन्द्रको सभाहल निर्माणका लागि जग्गा माग गरेको थियो ।

राष्ट्रिय माध्यमिक विद्यालयलले नगरपालिकालाई स्रोत केन्द्रको सभाहल निर्माणका लागि जग्गा उपलब्ध गराएको थियो । सभाहलको निर्माण कार्य सम्पन्न भइसकेपछी विद्यालयले उपलब्ध गराएको जग्गामा नगरपालिका सार्ने चलखेल सुरु भएको थियो ।

विद्यालयले सो सभाहल निर्माण कार्य सम्पन्न भइरहदा सो भवनमा नगरपालिकाका केही शाखाहरु राख्ने भन्ने सुनिन आएकाले सो कार्यले यस विद्यालयको पठन पाठनमा निकै असर पर्ने हुदाँ भवनलाई पुर्व घोषित कार्यक्रम अनुसार सभाहल नै सुचारु गर्न पत्र पठाएको थियो । तर शिवराज नगरपालिकाले उक्त पत्रको कुनै सुनुवाई नगरी अहिले विद्यालय परिषर भित्रै विभिन्न संरचना निर्माण गरीरहेको छ ।

विद्यालयका प्रधानाध्यपक बलदेव लमिक्षानेले विद्यालयले पठाएको पत्रको कुनै प्रतिउत्तर विनै नगरपालिकाले स्रोत केन्द्रकोसभाहलमा विभिन्न शाखा निर्माण गरेको बताउनुभयो ।नगरपालिकाको भवनको विषयमा व्यवस्थापन समितिका पदाधिकारीहरुसगँ छलफल गर्नुपर्ने प्रधानाध्यपक लमिक्षानेले जानकारी दिनुभयो ।

शिवराज नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले आफु भर्खर शिवराजमा आएकाले यस विषयमा जानकारी नभएको बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिको निर्माण र पत्र ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu