Connect with us
Kapilvast Forest

महाराजगंज: नि:शुल्क आँखा शिबिरमा ५सय ३३ जनाले चेकजाँच गराए

२०८०, ५ पुष बिहीबारमा प्रकाशित

कपिलवस्तुको महाराजगन्ज नगरपालिकाको आयोजना र छन्द कालेबाबु नारायनी आँखा अस्पताल बहादुरगंजको प्राविधिक सहयोगमा निशुल्क आँखा शिविर संचालन गरिएको छ ।

महाराजगन्ज  नगरपालिकाको वडा नं  ५ को उदयपुर स्वास्थ्य चौकी  भवनमा शिबिर संचालन गरिएको छ । आज संचालित पहिलो  दिनको शिविरमा  महिला ३सय  ६ र पुरुष २ सय ३३ गरि ५ सय ३९ जनाले आँखा चेकजाँच गराएको महाराजगन्ज नगरपालिकाका नगर प्रमुख अब्दुल कलामले जानकारी दिनु भयो ।शिविरमा १ सय ७ जनाको मोतिया बिन्दुको अपरेसन गरिएको   नगर  प्रमुख कलामले बताउनु  भयो । मोतिया बिन्दुको अप्रेशन गर्नुपर्ने ब्यक्तिहरुको भोली बिहान ८ बजे बिरामीहरुलाई  कालो चस्मा  समेत  बितरण गरि मात्रै  घर पठाईने नगर प्रमुख कलामले बताउनु भयो ।

नगरवासीहरुलाई घर आगनमै सेवा उपलब्ध गराउने उद्देश्यले महाराजगन्ज नगरपालिकाले प्रत्येक बर्ष नगरपालिकाका नागरिकहरुका लागि निशुल्क आँखा शिविर सन्चालन गर्दै आएको नगर प्रमुख कलामले बताउनु भयो । उदयपुरमा संचालित शिबिरमै अप्रेशन सहितको सेवा पाए पक्षी बृद्धाहरु खुसी ब्यक्त गर्दै नगरपालिकालाई धन्यवाद समेत दिएका थिए।शिविरमा आखामा २१३ जनालाई चस्मा समेत बितरण गरि घर पठाईएको छ । २०८० पौष ०६ गते पनि सम्म संचालन हुने नगर प्रमुख अब्दुल कलामले  बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj