Connect with us
Kapilvast Forest

कपिलवस्तुमा हजार बढीको निशुल्क आखाँ चेकजाँच

२०८०, ७ पुष शनिबारमा प्रकाशित

कपिलवस्तुको महाराजगन्ज नगरपालिकाको निशुःल्क आखाँ शिविरमा चस्मा वितरण गर्दै नगर प्रमुख अब्दुल कलाम र उपप्रमुख रिता कुमारी चौधरी । तस्बिर: सनिउल्ला धोबी

सनिउल्ला धोबी-
कपिलवस्तुको महाराजगन्ज नगरपालिकामा १ हजार १ सय १२ जनाले निशुल्क आखाँ चेकजाच गराएका छन । महाराजगंज वडा नं ५ को उदयपुर स्वास्थ्य चौकीमा २ दिने निःशुल्क आखा शिबिरमा आखाँका रोगीहरुले चेकजाँच गराएका हुन ।

महाराजगन्ज नगरपालिकाको आयोजना तथा छन्द काले बाबू नारायणी आखा अस्पताल बहादुरगन्जको प्राबिधिक सहयोगमा शुक्रवार र शनिबार दिउँसोसम्म सन्चालन भएको निशुःल्क आखाँ शिविरमा १ हजार १ सय १२ जनाले निशुल्क आखाँ चेकजाच गराएको नगर प्रमुख अब्दुल कलामले जानकारी दिनुभयो ।

शिविरमा आएका ५ सय ४ जनालाई चस्मा बितरण र १ सय ७२ जनाको मोतियाविन्दको अप्रेशन गरिएको छन्द काले बाबू नारायणी आखा अस्पताल बहादुरगन्जका प्रमुख प्रशासकीय अधिकृत जसराज विश्वकर्माले जानकारी दिनुभयो ।

बिरामीहरुलाई कालो चश्मा र औषधि वितरण गरि आवश्यक परामर्श सहित घर पठाईएको अधिकृत विश्वकर्माले बताउनु भयो । आँखा शिविर कार्यक्रममा सर्वसाधारणको समेत उल्लेख्य सहभागिता रहेको थियो ।

शिविरमा मधुमेहका बिरामिका लागि विशेष आँखा चेकजाँच तथा आवश्यक औषधि निःशुल्क वितरण गरिएको महाराजगंज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रविन्द्र चौधरीले जानकारी दिनुभयो ।

महाराजगंज नगरपालिकाले प्रत्येक बर्ष निशुःल्क आखाँ शिबिर सञ्चालन गर्देै आएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu