Connect with us
Kapilvast Forest

गाई काटेको आरोपमा कपिलवस्तुमा ३ जना पक्राउ

२०८०, ८ पुष आईतवारमा प्रकाशित

file photo

कपिलवस्तुको वाणगंगा नगरपालिकाबाट गाई काटेको आरोपमा ३ जना पक्राउ परेका छन । वाणगंगा नगरपालिकाको वडा १० भावपुरबाट गाईको मासु काटी भाग लगाई रहेको अवस्थामा ३ जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपाल रायमाझीले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा वाणगंगा नगरपालिका वडा १० भावपुरका सुरज विक, बुद्धभूमि नगरपालिका १० बस्ने वर्ष ५५ का वर्षाती थारु, रुपन्देही जिल्ला कन्चन गाउँपालिका ५ बस्ने वर्ष ३० का श्रीधर टमार रहेका छन।

गाईको मासुलाई भाग लगाई राखेको सुराकीको भरमा सुरज विकको घरबाट इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपाल रायमाझीको नेतृत्वमा पुगेको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनिहरुबाट अन्दाजी १ क्वीन्टल गाईको मासु समेत बरामद गरिएको छ ।  पक्राउ परेका ३ जनालाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिवस्तुले जनाएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu