अटेरी लेखापढि ब्यवासायीलाई ७ दिन भित्र भुसेवा केन्द्र ब्यवस्थापन निर्देशन
कपिलवस्तु-
मालपोत कार्यालय चन्द्रौटाले दोस्रो पटक सूचना प्रकाशन गरेको छ । लेखापढी ब्यवासायीले भु सेवा केन्द्र ब्यवस्थापन गर्न अटेरी गरेकाले मालपोत कार्यालय चन्द्रौटाले पुन सुचना प्रकाशन गरेको हो ।
गत मंसिर २० गते १५ दिन भित्र भु सेवा केन्द्र ब्यवस्थापन गर्न प्रकाशन गरेको सूचनालाई बेवास्ता गरेको समाचार प्रकाशित भएको थियो ।
न्युज सेन्टर नेपालले “मालपोत कार्यालय चन्द्रौटाको निर्देशन मान्दैनन् लेखापढी ब्यवासायी” भन्ने शिर्षकको समाचार प्रकाशन गरेपछि मालपोतले पुन सूचना प्रकाशन गरिएको छ ।
मालपोत कार्यालय चन्द्रौटाका कार्यालय प्रमुख लक्षमण प्रसाद चालिसे आज दोस्रो पटक सार्वजनिक सूचना प्रकाशन गर्नु भएको हो ।
दोस्रोपटक प्रकाशित गरेको सूचनामा लेखापढी ब्यवासायीहरुलाई १ हप्ता भित्र भुकेन्द्र ब्यवस्थापन गर्न अनुरोध गरिएको छ ।
एक हप्ता भित्र लेखापढी ब्यवासायीले भु सेवा केन्द्र ब्यवस्थापन नगरे युजर आईडि बन्द गरिने सूचनामा उल्लेख गरिएको छ ।
चन्द्रौटामा रहेका २ दर्जन नेपाल लेखापढी कानुन व्यवासायी एशोसिएसन तथा भु केन्द्र मध्ये आधा मात्र दर्जन भु केन्द्रले मात्र मापदण्ड बमोजिम सन्चालन गरेका छन ।
साथैै भू–सेवा केन्द्र सञ्चालन निर्देशिका २०७६ वमोजिम र मालपोत नियमावली २०३६ को नियम २३ (ज) मा भएको व्यवस्था वमोजिम झुट्टा विवरण पेश गरेमा, प्रणालीमा अपलोड गर्नु पर्ने कागजात अपलोड नगरेमा कानुन बमोजिम कार्वाही हुने कार्यालयले जनाएको छ ।
न्युज सेन्टर नेपालमा प्रकाशित समाचार https://newscenternepal.com/2023/12/125940
,