बालकुमारी घटना : छानबिन गर्न उच्चस्तरीय समिति गठन
काठमाडौ- सरकारले बालकुमारी घटनाबारे छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्ने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यसका लागि गृह मन्त्रालयलाई आइतबारै निर्देशन दिनुभएको छ ।
आइतबार सत्ता गठबन्धनका शीर्ष नेताको छलफलमा पूर्व न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय आयोग बनाउने सहमति भएको हो ।
सहमति अनुसार प्रधानमन्त्री ‘प्रचण्ड’ले छानबिन आयोग ऐन २०२६ अनुसार समिति गठन मन्त्रिपरिषदबाट गर्नुहुनेछ । गठन भए लगत्तै समितिले काम सुरु गर्नेछ ।
सोमबार बस्ने नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकले आयोग गठनको अौपचारिक निर्णय गर्नेछ र सो आयोगले भोलिदेखि नै कार्य प्रारम्भ गर्ने छ।