शिवराज ४ ले दाहसंस्कारका लागि निशुल्क दाउरा दिने
न्युज सेन्टर नेपाल-
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ४ ले लास (शब) दाहसंस्कार तथा सतगतका लागि निशुल्क दाउरा उपलब्ध गराउने भएको छ ।
वडा अध्यक्ष नसिम अहमद खाँको अध्यक्षतामा बसेको वडा समितिको निर्णयले वडाका नागरिकको मृत्यु भए दाहसंस्कार तथा सतगतका लागि निशुल्क दाउरा उपलब्ध गराउने भएको छ ।
जलाउने मृत शरिरलाई ५ क्विन्टल र जमिनमा गाड्ने मृत शरीरलाई २ क्युफिट चिरान काठ उपलब्ध गराउने निर्णय गरेको वडा अध्यक्ष नसिम अहमद खाँले जानकारी दिनु भयो ।
वडा न ४ ले दाहसंस्कारका लागि दाउरा वितरण गर्न रु ३ लाख रकम बिनियोजन गरेको वडा अध्यक्ष नसिमले बताउनु भयो ।
मृत्यु वा प्रलोक भएका परिवारका सदस्यहरुलाई वडामा जानकारी गराएपछि दाउरा उपलब्ध गराइनेछ ।
वडामा बासोबास गर्ने नागरिकलाई निशुल्क दाउरा उपलब्ध गराउने वडा सचिव सावित्री चौधरीले बताउनु भयो ।