Connect with us
Kapilvast Forest

रानिबास बगरको मुहार फेरिने

२०८०, १८ पुष बुधबारमा प्रकाशित

प्यार अलि खान

रानीबास बगरमा पूर्वाधार विकास निर्माण हुने सुनिश्चितता भएसंगै यसको मुहार फेरिने भएको छ। सरुमारानी -२ मा रहेको रानीबास बगर अब व्यवस्थित खेल मैदानको रूपमा विकास हुने भएको छ। यहाँ रहेको गुरुङ ल्होसार मञ्चको पुनः निर्माण, शौचालय तथा खानेपानीको प्रबन्ध गरिने भएको छ।

गाउँपालिकाले गुरुयोजना तयार गरि रानीबास बगरलाई व्यवस्थित खेल मैदानको रूपमा विकास गर्दै जाने योजना रहेको गाउँपालिका अध्यक्ष झग बहादुर विश्वकर्माले बताए। ‘डिपिआर तयार गरी क्रमागत ढंगबाट यस क्षेत्रको विकास गर्नेछौं।’ विश्वकर्माले भने, ‘आन्तरिक पर्यटन प्रबर्द्धनका लागि यस क्षेत्रलाई बहुआयामिक ढंगबाट हेरेका छौं।’

अध्यक्ष विश्वकर्मा, उपाध्यक्ष बसन्ता खड्का, वडा अध्यक्ष भानुभक्त भुसाल, गाउँपालिका प्रवक्ता चिन्त सोमै, स्थानीय अगुवा डण्ड बहादुर गुरुङ तथा गाउँपालिकाको प्राविधिक टोलीले रानीबास बगरको अवलोकन गरेको छ।

‘हामीले बर्सेनि यहाँ ल्होसार मनाउँदै जाँदा यो बगर चर्चामा आएको हो।’ गुरुङले भने, ‘यो ठाउँलाई बहुउपयोगी ढंगबाट विकास गर्न जरुरी छ।’

यहाँ खेलकुद प्रतियोगिता अवलोकनको लागि प्याराफिट, वनभोजको लागि प्रतिक्षालय, सेड हाउस, कुर्सीहरु लगायत अन्य भौतिक पूर्वाधारका संरचनाहरु गाउँपालिकाले बनाउने योजना बनाएको छ।
यहाँ बर्सेनि पुस १५ मा भब्य ल्होसार मेला लाग्ने गर्दछ साथै यस बगर क्षेत्रमा विभिन्न खेलकुद प्रतियोगिताहरु समेत आयोजना हुँदै आएका छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj