स्थानियले पालिका भित्र हुल्दिए छाडा पशुचौपाया
न्युज सेन्टर नेपाल
कपिलवस्तुको शिवराज नगरपालिकाको कार्यालय परिसरमा स्थानीयले छाडा पशु चौपाया हुल्दिएका छन । छाडा चौपायाले बालीनाली सखाप गरेपछि स्थानीयले बध्य भएर ७६ वटा चौपायालाई नगरपालिका परिसर भित्र हुलेका छन ।
छाडा गोरु चौपायाले आफ्नो हिउदे बालीको नोक्सान गरेका कारण स्थानीयले नगरपालिकाबाट गाईगोरुको ब्याबस्थानका लागि जोडदार माग राखेका छन् ।
शिवराज नगरपालीकाबाट आर्थिक बर्ष २०७९/२०८० मा रु १० लाख बिनियोजन गरेको थियो । सो रकम कामै नगरी फ्रीज भएको हो ।
पालिकाले यस चालु आ. ब मा पनि रु १० लाख बिनियोजन गरेको छ ।