चार सय जना जेष्ठ नागरिकलाई न्यानो कम्बल
सनिउल्ला धोबी-
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ६ का जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । वडामा रहेका ४ सय जना ज्येष्ठ नागरिकलाई सम्मान स्वरुप न्यानो कम्बल वितरण गरिएको वडा अध्यक्ष माहेताब खाँले जानकारी दिनुभयो । वडाले विनियोजन गरेको वडा स्तरिय रकमबाट यस वडा भित्रका ६० बर्ष माथिका जेष्ठ नागरिक लाइ न्यानो कम्मल वितरण गरेको अध्यक्ष खाँले बताउनुभयो ।
ज्येष्ठ नागरिकलाई सम्मान गर्दै वडाअध्यक्ष खाँले यो उहाहरुलाई सम्मान मात्र नभई उहाहरुको आर्शिबाद ग्रहण गरेको बताउनु भयो । बर्षमा एक पटक ज्येष्ठ नागरिकको आर्शिबाद लिने परम्पराको थालनी गरेको बताउदै वडाअध्यक्ष खाँले यस बाट अझ उर्जाशिल भएर काम गर्ने हौसला प्राप्त हुने बिश्वाश रहेको बताउनु भयो ।
आफ्नो जीवनको उर्वर समय, श्रम र सीप सबै मुलुकका निम्ति खर्चिएका ज्येष्ठ नागरिक बूढेसकालमा अपहेलित हुने गरेकाले उनीहरूको लागि सामाजिक सुरक्षा भत्ता प्रदान गर्दे आएको वडा अध्यक्ष खाँले बताउनुभयो ।
सम्मानित जेष्ठ नागरिक तथा पुर्व वडा अध्यक्ष सन्त्री प्रसाद कुर्मीले ज्येष्ठ नागरिकहरुलाई माया गरेर यसरी सम्मान गरिएकोमा धन्यवाद दिनुभयो । आगामी वर्षहरुमा यस्तै, यस्तै रचनात्मक कार्यक्रमबाट ज्येष्ठ नागरिकहरुलाई खुसी पार्न पुर्व वडा अध्यक्ष कुर्मीले अनुरोध गर्नुभयो ।
न्यानो कम्बल वितरण कार्यक्रममा वडा सदस्यहरु संगिता पासी, गोकर्ण कुमार तिवारी, राम बहादुर कुर्मी, विष्णु कँहारको सहभागिता रहेको वडा सचिव राम प्रसाद चौधरीले जानकारी दिनुभयो ।

