Connect with us
Kapilvast Forest

साइलेन्ट शैलीमा काम गर्दै प्यूठानका मेयर योगी

२०८०, २५ पुष बुधबारमा प्रकाशित

प्यार अलि खान
स्थानीय व्यवसायीहरुद्वारा अतिक्रमित सडक खुलाउन प्यूठान नगरपालिकाका मेयर विष्णु योगी साइलेन्ट शैलीमा प्रस्तुत हुँदै आफ्नो काम अघि बढाएका छन् । मंगलबार जिल्लाकै प्रमुख व्यापारिक केन्द्र तथा अति व्यस्त मानिने प्यूठान नगरपालिका वडा नं ८ स्थित उपल्लो बाग्दुला बजारमा कुनै हल्ला खल्ला नगरी मेयर योगी नेतृत्वको टिमले अतिक्रमित अस्थायी संरचना हटाएको छ।

अतिक्रमित सडक खुलाउन मेयर योगी, उपमेयर देवेन्द्र ब्रह्मा वडा अध्यक्ष पदम थापा डोजरनै लिएर आए। अतिक्रमित सडक विस्तार गर्न खोज्दा केही स्थानीयहरुले अवरोध समेत गरे तर बहुसंख्यक स्थानीयहरुलेनै नगरपालिकाको टिमलाई साथ दिँदा अवरोध हटेको थियो। स्थानीय व्यवसायीहरुले सडक पेटीमा सामान राख्ने, घरको टप भन्दा बाहिर सडकसम्म फलामका एङ्गल बनाई सामान झुन्ड्याउने सडकमै दिनभर लोड अनलोड गर्दा सडक प्रायः दिनभर जाम हुँदै आएको थियो।

अतिक्रमित सडकलाई खुला राखी निर्वाध रुपमा सवारी साधन सञ्चालन गरिने मेयर योगीले बताए। ‘सडक अवरोध गरेर व्यापार गर्न पाइँदैन।’ मेयर योगीले भने, ‘सामाजिक काममा सबैले सहकार्य गर्न अपरिहार्य छ।’ सडकले आफ्नो क्षेत्राधिकार लिएरै छाड्ने र यसमा स्थानीयहरुकै साथ रहनुपर्नेमा उनले जोड दिए। सडक क्षेत्रनै ओगटेर स्थानीय व्यवसायीहरुले व्यापार गर्दा समस्या आएको स्थानीय बासु पण्डितले बताए।

‘दिनभर बाटो छेकेर ट्रक तथा बसमा लोड अनलोड गरी व्यापार गर्दा बाटोमा सर्वसाधारणलाई हिँड्नै गार्हो भयो।’ पण्डितले भने, ‘विकासका लागि सबै पक्ष कम्प्रोमाइज हुन जरुरी छ।’
नगरपालिकाको क्षेत्राधिकार भित्र पर्ने सडकहरुको स्तरवृद्धि तथा विस्तारमा नगरपालिका लागि परेको उपमेयर देवेन्द्र ब्रह्माले जानकारी गराए। ‘विकासका लागि नगरवासीले साथ दिनपर्छ। हामी हाम्रो जिम्मेवारी पूरा गर्न लागि परेका छौं।’ ब्रह्माले भने।

‘वन वे’ प्रणाली लागु गरि बजार क्षेत्रमा रहेका दुबै सडकमा सवारी साधनको सञ्चालनलाई व्यवस्थित गरिने वडा अध्यक्ष पदम बहादुर थापाले बताए। बाग्दुला बजार देखि बाहाने जाने सवारीसाधन अहिले चलिरहेको सडक हुँदै जाने र बाहाने देखि बाग्दुला आउने सवारी साधन भित्री बजार क्षेत्रको सडक हुँदै आउनेबारे छलफल गरि चाँडै निष्कर्षमा पुगिने थापाले जानकारी गराए। ‘सडकमा एकद्वार प्रणालीबारे जानकारी गराउन सुचना पार्टी राख्नेछौं।’ थापाले भने, ‘अब दोहोरै बाटो भएर सवारी साधन चलाउने छौ।’

यस सडकमा स्थानीय व्यवसायीहरुले ठूला तथा साना सवारीसाधन दिनभर सडकमै राखी लोड तथा अनलोड गर्दा सडक दिनभर जाम हुँदै आएको थियो भने बजारमा किनमेल गर्न आउने सर्वसाधारणले सास्ती खेप्नुपरेको थियो। दोहोरो सडक सञ्चालन गर्नमा नगरपालिका सफल हुन्छ या हुँदैन त्यो भने हेर्न बाँकी रहेको स्थानीयहरुले बताएका छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu