Connect with us
Kapilvast Forest

पोखरामा फेला परेको पहेँलो धातु ‘सुन नभएको’ प्रमाणित

२०८०, २५ पुष बुधबारमा प्रकाशित

पोखरामा सोमबार बिहान फेला परेको सुनजस्तै देखिने ४५ थान पहेँलो धातु परीक्षणका क्रममा सुन नभएको पुष्टि भएको प्रहरीले जनाएको छ । उक्त वस्तु पोखरा १५, टुटुंगाका ढुंगेसाँघु पुल नजिकै सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालयका कर्मचारीले फेला पारेका थिए ।

शिक्षालयका प्रशिक्षार्थीले मंगलबार बाहिरी अभ्यास गर्ने क्रममा उक्त वस्तु ढुंगेसाँघुको झाडीमा कालो झोलामा राखेको अवस्थामा फेला पारेका थिए । उनीहरुकै सूचनका आधारमा जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरेको थियो ।

सुनजस्तो रङ र सुनकै प्रकृतिमा तयार पारिएको उक्त वस्तु साँझ परीक्षणका क्रममा क्रममा सुनजस्तो देखिने अन्य धातु भएको प्रमाणित भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले बताए ।

उक्त चिजवस्तु स्थानीय जनप्रतिनिधि, सुनचाँदी व्यवसायी संघका प्रतिनिधि तथा स्थानीय भद्रभलाद्मीको रोहबरमा सुनचाँदी व्यवसायी संघ, कास्कीमा परीक्षणका लागि पठाइएको थियो’, डिएसपी विकले भने, ‘पछि परीक्षणका क्रममा त्यो वस्तु सुन नभएको भन्ने थाहा हुन आएको छ ।’

सुनजस्तो देखिने पहेंलो वस्तु झाडीमा कसले, किन राखेको भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu