Connect with us
Kapilvast Forest

कपिलवस्तुमा बन्दुक देखाएर लुटपाट

२०८०, २७ पुष शुक्रबारमा प्रकाशित

कपिलवस्तु- कपिलवस्तुको यशोधरा गाउँपालिकामा बन्दुक देखाएर सुन ब्यापारीको नगद र सुन लुटपाट भएको छ । विहिवार साँझ साढे ५ बजेको समयमा नकावधारीको एक समूहले बन्दुक देखाएर यशोधरा गाउँपालिका ५ बुढापारका शिवमगंल बर्मालाई लुटेको हो ।

बर्माको साथबाट नगद ३७ हजार नेपाली रुपैया, तीन हजार भारु, सुन र चाँदी गरेर ७ लाख बढि मूल्य बराबरको गरगहना लुटेर लगेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
मास्क र कपडाले मुख छोपेर आएका ६÷७ जनाको नकावधारी समूहले सुन चाँदीका गहना लुटेर लगेको र घटनास्थलमा प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर वलीले जानकारी दिनुभयो ।

कपिलवस्तु नगरपालिका वडा नम्बर ५ बभनीचोकमा रहेको जय माँ अम्बे ज्वेलर्स संचालन गर्दै आएका बर्मा पसल बन्द गरि घरतर्फ जाँदै थिए । बैदोली र बुढापारको बीचमा पर्ने आँपको बगैचा नजिक लुटपाट भएको हो । सुन व्यापारी लुटीएको घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक वलीले बताउनुभयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu