Connect with us
Kapilvast Forest

नेपाल-भारत मिल्लत काउन्सीलको कार्यक्रममा मन्त्री आचार्य सहभागी हुने

२०८०, २८ पुष शनिबारमा प्रकाशित

न्युज सेन्टर नेपाल,

नेपाल-भारत मिल्लत काउन्सीलको कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल सरकारका महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्र राज आचार्य सहभागी हुनु हुने भएको छ ।

नेपाल भारत विच सामाजिक तथा सांस्कृतिक  सम्बन्धको विषयमा आयोजित कार्यक्रममा मन्त्री आचार्य आउनु हुने भएको हो ।

कपिलवस्तुको चन्द्रौटा स्थित सिद्धार्थ लुम्बिनी ग्रिन रिर्सोटमा माघ १ गते हुने कार्यक्रममा नेपाल भारताका विशेष जानकारहरुको समेत सहभागिता रहनेछ ।

कार्यक्रममा नेपालको तर्फबाट मन्त्री आचार्य, पुर्व परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवाली, डाक्टर सुरेन्द्र झा, भारतका तर्फबाट प्रोफेसर डाक्टर राज कुमार, प्रोफेसर डाक्टर कौसर उसमान लगायतले सम्बोधन गर्नु हुनेछ ।

यस्तो कार्यक्रमले नेपाल- भारतको सम्बन्ध थप उचाईमा पुग्ने कार्यक्रम व्यवस्थापक मिर्जा राशिद बेगले विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रमको सम्पुर्ण तयारी भैसकेको राशिदले बताउनुभयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu