Connect with us
Kapilvast Forest

पार्टीमा अहिले मेरो विकल्प छैन :अध्यक्ष प्रचण्ड

२०८०, १३ माघ शनिबारमा प्रकाशित

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्वमा अझै पनि आफ्नो विकल्प नभएको बताउनुभएको छ। सहिद प्रतिष्ठान नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले पार्टीको नेतृत्वमा अझै आफ्नो जिम्मेवारी रहेको निष्कर्षमा आफू रहेको बताउनुभएको हो।

प्रधानमन्त्री प्रचण्डले पार्टीको नेतृत्वमा नयाँ पुस्ता आउने काम अझै बाँकी रहेको र उनीहरुलाई नेतृत्वमा ल्याउनका लागि आफूले वातावरण बनाइदिने आश्वासन समेत दिनुभयो। उहाँले समान विचार भएका क्रान्तिकारी कम्युनिष्ट पार्टीलाई एकतावद्ध हुन पनि आह्वान गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘अहिले त परिस्थिति के छ भने सहिद प्रतिष्ठान मात्रै होइन, पार्टी एउटा मोर्चामा आउने परिस्थिति बन्दैछ । बाहिरका परिस्थितिले पनि हामीलाई समान विचार भएका, समाज इतिहास भएका, समान पीडा र भावनाबाट गुज्रिएका एकैठाउँमा आउनुपर्छ भनेर परिस्थितिले पनि दबाब दिएको छ । हामीले सचेत प्रयत्न पनि हामी समाजवादी मोर्चा हुँदै फेरि विचार मिल्नेहरु एउटै केन्द्रमा आवद्ध हुने पहलमा छौं ।

यहाँ भनियो नेतृत्व जन्माउन त जन्माउछ इतिहासले । जनताले जन्माउने हो नेतृत्व भनेको । तर नेतृत्व जन्मिने भनेको फेरि रातारात जन्मिने होइन । जनताले पनि रातारात जन्माउन सक्दैन । इतिहासले पनि रातारात नाटकीय ढंगले जन्माउन सक्दैन । त्यसले पनि एउटा प्रक्रियाको संघर्षको, बहसको, वैचारिक संघर्षको र वर्ग संघर्षको, वैज्ञानिक प्रयोगको एउटा प्रक्रियाबाट गुज्रिएपछि मात्रै नेतृत्व बन्ने हो । नेतृत्व पैदा हुने हो, जन्मने हो ।

त्यसकारण मलाई के लाग्छ भने यो कालखण्डमा जनयुद्धको तयारी, जनयुद्धको थालनी, शान्ति सम्झौता, संविधान सभा, गणतन्त्र, संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी, समानुपातिकता यो एउटा लामो वैचारिक र वर्ग संघर्षबाट भयो । त्यो एउटा निश्चित विचार र नेतृत्व अन्तर्गत भयो । मलाइ के लाग्छ भने अझै पनि जिम्मेवारी त्यही नेतृत्वको बाँकी छ भन्ने मेरो ठहर छ ।’’

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu