Connect with us
Kapilvast Forest

प्युठानको सरुमारानीले किसानलाई कोरली पाडी दिने

२०८०, १३ माघ शनिबारमा प्रकाशित

प्यार अलि खान
पशुपालक किसानहरुलाई सरूमारानी गाउँपालिका प्यूठानले कोरली पाडी दिने भएको छ।
गाउँपालिकाका ६ वटै वडाबाट आवेदन फाराम प्राप्त भैसकेको र अनुगमन समेत गरिसकिएको गाउँपालिका अध्यक्ष झग बहादुर विश्वकर्माले जानकारी गराए।
‘किसानहरूले पाडी पाल्ने अवस्थाको सुनिश्चितता हेरी सूचीकृत गर्नेछौं।’ विश्वकर्माले भने, ‘भैंसी भएको पाडी भएको किसानलाई डबल पर्ने गरी दिदैनौं।’ दुग्ध उत्पादनमा किसानलाई प्रोत्साहित गर्ने योजना रहेको उनले सुनाए।
किसानसंग गाँउ सरकार कार्यक्रम अन्तर्गत कोरली पाडी वितरण कार्यक्रम अघि सारीएको गाउँपालिकाका आर्थिक विकास समिति संयोजक एवं कार्यपालिका सदस्य मोहम्मद हलिम हलुवाईले जानकारी दिए।
‘टेण्डर आह्वान गरि कोरली पाडी खरिद गर्नेछौं।’ हलुवाईले भने, ‘करिब १ सय २० परिवारलाई पाडी वितरण गर्ने योजना बनाएका छौं।’ मासुजन्य, अण्डा तथा दुग्ध उत्पादन तर्फ आत्मनिर्भर हुन किसानलाई विभिन्न अनुदानका कार्यक्रमहरु मार्फत प्रोत्साहित गर्दै आईरहेको उनले बताए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu