अझै केहीदिन तराईमा हुस्सु र कुहिरो
काठमाडौ – नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहेको छ। देशका तराईका अधिकांश स्थानहरुमा हुस्सुरकुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएकोछ ।
आज देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। साथै तराईका अधिकांश स्थानहरूमा हुस्सुरकुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्ने बिभागले जनाएको छ । चिसो बढ्दै गएकाले त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन बिभागको सुझाव छ ।
सोमबार र मंगलबार समेत देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। तराईका अधिकांश स्थानहरुमा हुस्सुरकुहिरो लाग्ने देखिन्छ ।