Connect with us
Kapilvast Forest

प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध २८ लाख बढीको भ्रष्टाचार मुद्दा

२०८०, १५ माघ सोमबारमा प्रकाशित

मुगुको छायाँनाथ रारा नगरपालिकाको नगर कार्यपालिकाको कार्यालयका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत पीताम्बर सारुसहित २८ लाख ६२ हजार ४५९ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार सो नगरपालिकाको वडा नं. ७ र ८ स्थित ताल्चा सल्लेरी सडक स्तरोन्नति कार्यमा अर्डिनरी स्वाय, हार्ड रक कटिङ गर्नुपर्ने भनी कामको बढी मूल्याङ्कन गराई नापी किताब, प्राविधिक विल र कार्य सम्पन्नको प्रतिवेदन तयार पारी सो रकम भुक्तान गरिएको देखिएको छ ।

सारुसहित हस्त बहादुर मल्ल, सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष उनबहादुर शाही, सचिव राधिका रावल र कोषाध्यक्ष बिजुली मल्लले सम्झौता विपरीत प्रतिवेदन तयार पारेको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

यससँगै, सडक निर्माण अनुगमन समितिका सदस्य चक्रबहादुर सावत, सदस्य हजर कला कामी र इन्जिनियर महेश सिंह कठायतले द्विपक्षीय सम्झौता तथा प्राविधिक इष्टिमेट अनुसार कार्य सम्पन्न भएको भनी गलत अनुगमन प्रतिवेदन दिएको र सोही नगरपालिकाको वडा नं. ८ का अध्यक्ष कर्ण रावल र तत्कालीन सदस्य पशुपति शाहीले सम्झौता अनुसार कार्य सम्पन्न भएको भनी गलत सिफारिस दिई भ्रष्टाचार गरेको आरोप लागेको आयोगले जनाएको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजाय तथा जरिवानाको मागदाबी लिई सोमबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu