Connect with us
Kapilvast Forest

घुस आरोपमा दोषि ठहर भएका उपसचिवलाई एक कैद र ६ लाख जरिवाना

२०८०, १९ माघ शुक्रबारमा प्रकाशित

घुससहित पक्राउ परेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाललाई विशेष अदालतले १ वर्ष कैद र ६ लाख रुपैयाँ जरिवाना असुल्ने फैसला गरेको छ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले उपसचिव नेपाललाई दोषी ठहर गर्दै कैद र जरिवानाको फैसला गरेको हो। यही प्रकरणमा पक्राउ परेका हरिभक्त श्रेष्ठलाई भने अदालतले सफाइ दिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७९ साउनमा काठमाडौंबाट नेपाल र श्रेष्ठलाई पक्राउ गरेको थियो। घुसबापत सेवाग्राहीबाट बुझेको ६ लाख र आफू चढेको गाडीमा थप साढे १६ लाखसहित अख्तियारले उपसचिव नेपाललाई पक्रेको थियो।

एक व्यवसायीले प्याराग्लाइडिङ सेवा सञ्चालनका लागि अनुमतिपत्र लिन पर्यटन मन्त्रालयमा आवेदन दिएका थिए। तर रकमको मोलमोलाइ गरेर उपसचिव नेपालले फाइल थन्काइदिएपछि ती सेवाग्राहीले पैसा दिएर काम अगाडि बढाएकोमा घुस लिँदालिँदै पक्राउ गरेको थियो।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu