Connect with us
Kapilvast Forest

गैरसरकारी विधेयक अभ्यास गर्ने रास्वपाको तयारी

२०८०, २२ माघ सोमबारमा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाको चालु अधिवेशनमा विभिन्न विषयमा गैरसरकारी विधेयक अघि बढाउने तयारी गरेको छ ।

सोमबार प्रतिनिधिसभाको बैठक बस्नुअघि बसेको रास्वपाको संसदीय दलको बैठकमा गैरसरकारी विधेयकको अभ्यास गर्ने विषयमा छलफल भएको सांसद मनिष झाले जानकारी दिए ।

नेपालको संसदीय अभ्यासमा धेरै विधेयक सरकारले नै ल्याउने प्रचलन छ । तर सांसदहरुले आफ्नो विज्ञता भएको विषयमा विधेयक तयार गरी गैरसरकारी विधेयकका रुपमा संसदमा दर्ता गराउन सक्छन् ।

रास्वपाका सहप्रवक्तासमेत रहेका झाले केही सांसदहरुले आफूहरु गैरसरकारी विधेयक ल्याउने विषयमा अध्ययनमा रहेको जानकारी गराएका थिए । पार्टीका उपसभापति स्वर्णिम वाग्लेले गैर सरकारी विधेयक ल्याउँदा ध्यान दिनुपर्ने विषयमा सांसदहरुलाई जानकारी गराएका थिए ।

केही सांसदहरुले क्षेत्रगत रुपमा काम गर्दैछु भनेका छन् । काम गर्दै गर्दा के के कुरामा ध्यान दिनुपर्छ, न्यूनतम के कुरा ख्याल गर्नुपर्छ भनेर उपसभापति स्वर्णिम वाग्लेले ओरेन्टेसन दिनुभयो’, झाले भने ।

बैठकमा पार्टी सभापति तथा संसदीय दलका नेता रवि लामिछानेले चालु अधिवेशनमा सरकारले ल्याउन लागेको विधेयकबारे जानकारी लिएर ती विधेयकबारे सम्बन्धित क्षेत्रका विज्ञहरुसँग बुझेर आफूलाई तयारी अवस्थामा राख्न सांसदहरुलाई निर्देशन दिएका छन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu