Connect with us
Kapilvast Forest

महिलाले छोराछोरीको हत्यापछि आत्महत्या गरेको आशंका

२०८०, २८ माघ आईतवारमा प्रकाशित

hatya

ललितपुर- ललितपुरको महालक्ष्मी नगरपालिका–३, इमाडोलमा एक जना महिला र उनका दुई बच्चाको मृत्यु प्रकरणको प्रारम्भिक अनुसन्धानले ‘हत्यापछि आत्महत्या’ भएको हुनसक्ने देखाएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर, ललितपुरका एसपी नवराज कार्कीले इमाडोलको ओचुहाटइटमा बस्ने रविना महर्जनले उनकी छोरी २ वर्षीया रिवा महर्जन र ६ वर्षीय अश्वेत महर्जनको हत्यापछि आत्महत्या गरेको हुनसक्ने देखिएको अनलाइनखबरलाई बताए ।

शनिबार अपराह्न सवा ४ बजेतिर घरको तीन तलामाथिबाट झर्दै गरेको देखेपछि स्थानीयले रविनालाई उद्दार गरेर किस्ट अस्पताल लगेका थिए । कोठामा उनका दुई बच्चा पनि बेहोस अवस्थामा भेटिएका थिए । त्यसपछि साढे ४ बजे प्रहरीले घटनाबारे जानकारी पाएको थियो ।

पछि तीनै जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको ललितपुर प्रहरी प्रमुख एसएसपी शेखर खनालले बताए ।

हत्या गर्नुको कारण स्पष्ट भएको छैन । ‘मृत्युको यकिन कारण पनि पोष्टमार्टमबाट खुल्ला’, एसएसपी खनालले भने, ‘अरु विषय अब परिवारका अरु सदस्यहरुको बयान पछि पनि खुल्दै जाला ।’ घरमा सुसाइड नोट वा अन्य कुनै संकेत पनि फेला परेको छैन ।

घरमा उनी श्रीमान्, सासु र दुई सन्तानसहित बस्दै आएकी थिइन् । घटना भएका बेला घरमा श्रीमान् थिएनन् । ‘अहिले श्रीमानसँग बयान लिनसक्ने अवस्था छैन, यद्यपि विभिन्न पाटोबाट अनुसन्धान थालेका छौं’, एसएसपी खनालले भने ।

श्रीमान् सार्वजनिक कार्यक्रममा ‘साउण्ड सिस्टम’ व्यवस्थापनको काम गर्छन् । शनिबार महालक्ष्मी नगरपालिकाले गरेको कार्यक्रममा उनी गएका बेला घटना भएको हो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu