Connect with us
Kapilvast Forest

पुर्वमन्त्री खानद्वारा उद्योगमा छडके अनुगमन

२०८०, ६ फाल्गुन आईतवारमा प्रकाशित

बाँके – उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिका सभापति तथा पुर्व खानेपानी मन्त्री अब्दुल खानले बाँकेको पिपरहा स्थित रहेको के एल दुगड उधोग अन्तर्गत रहेको फुड प्रोडक्ट प्रालि सहित आधा दर्जन उधोगको अनुगमन तथा निरीक्षण गर्नु भएको छ ।

सभापति खानले आइतबार उद्योगको प्लान्ट तथा खानी क्षेत्रको स्थलगत अनुगमन तथा निरीक्षण गर्नु भएको हो । के एल दुगड उद्योगका प्राबिधिक म्यानेजर प्रेमकुमार शर्माले सभापति खानलाई प्लान्ट तथा खानी क्षेत्रको स्थलगत जानकारी गराएका गराउनु भएको थियो ।

अनुगमनका क्रममा सभापति खानले औषधि उधोग पानस र अम्बे स्टिल उद्योगको खानी विभागमा कार्यरत कर्मचारीहरूलाई भेट गर्नु भएको थियो । कर्मचारीहरूले सभापति खान समक्ष आ–आफ्ना समस्या तथा गुनासो राख्दै सम्बोधन गरिदिन आग्रह गरेका थिए। अनुगमन तथा निरीक्षणमा आफ्नो मुख्य उद्देश्य नै कर्मचारीको भावना बुझ्ने र गुणस्तर खाध बस्तुको अवस्थाका बारेमा जानकारी लिने रहेको बताउँदै सभापति खानले यथाशीघ्र सबै समस्याको समाधानका लागि आफू अग्रसर रहने बताउनु भयो ।

अनुगमनका क्रममा के एल दुगडले उत्पादन गरेको चुराको २० केजिको बोरामा १८/ १९ केजि र अरुवा चामलको ५० केजिको बोरामा २ सय ग्राम तौलको कम राखेर बिक्री गर्दे आएको पाए पछि तौल संगै गुणस्तरमा सुधार गर्न सभापति खानले निर्देशन दिँदै मजदुरको सुरक्षामा गम्भीर बन्न निर्देशन दिनु भयो ।

सभापति खानले तौलमा घोटाला गर्ने र कमशल सामग्रीको प्रयोग गर्ने उधोगलाई कारवाहीको दायरामा ल्याउने बताउनु भयो ।

सभापति खानले सहज उपाय निकालेर देखिएको सबै समस्या समाधान गर्ने बताउँदै उद्योगलाई सबल बनाउन सबै तहका कर्मचारीहरू एकजुट हुनुपर्नेमा जोड दिनु भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu