Connect with us
Kapilvast Forest

खाद्यान्नको तौल कम गरी बेच्ने दुगडलाई कारवाही गर्छु : सभापति खान

२०८०, ७ फाल्गुन सोमबारमा प्रकाशित

बाँके- बाँकेको गनापुरमा रहेको केएल दुगड समूहले खाद्यान्न चामल र चिउरामा तौल कम गरी ठगी गरेको आरोपमा कारवाहीको दायरामा आउने भएको छ । उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिका सभापति एंव पूर्व खानेपानी मन्त्री अब्दुल खानले केएल दुगडको अनुगमनको क्रममा तौलमा उपभोक्तालाई ठगी गरेको भेटिएपछि नियम बमोजिक जरिवाना र आवश्यक कारवाही गर्ने बताउनु भयो ।
केएल दुगडले उत्पादन गरेको २० किलो चुरा र ५० किलोको अरुवा मोटा चामलको बोरामा ५० ग्राम देखि २०० ग्राम घटाएर बेचेको गुनासो आएपपछि सभापति खानले आकस्मिक निरीक्षण गर्दा उपभोक्तलाई ठगी गर्दै आएको भेटेको बताउनु भयो । केएल दुगडको अनुगमन गरेर फर्किए पछि पत्रकारहरु संग कुरा गर्दै सभापति खानले उपभोत्तालाई ठगेको भेटिएकोले उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम कारवाही गर्ने जिकिर गर्नु भयो ।

सभापति खानले भन्नुभयो, हामीले शिक्षा दिने गरी बजार अनुगमन थालेका छौँ, मानिसको स्वास्थ्यसँग खेलवाड गर्नेगरी खाद्यवस्तु बिक्रीवितरण नगर्न, तौल कम गरेर उपभोक्तालाई ठग्नेहरु जुन स्तरको व्यापारी भए पनि समितिले कारवाही गर्ने चेतावनी दिनु भयो ।
केएल दुगडका केही कर्मचारीहरुले सभापति खानलाई अनुगमन गर्नमा केही समय अवरोध गरे पछि प्रहरीको सहयोगमा खानले उद्योग भित्र अनुगमन गर्दा उक्त समस्या देखा परेको सभापति खानका निजि सचिव अतिउल्ला मुसलमानले जानकारी गराउनु भयो ।
यस्तै केएल दुगडका प्राविधिक म्यानेजर प्रेम कुमार शर्माले अनुगमनका क्रममा अवरोध भएको स्विकार गर्नु भयो । उहाँले कर्मचारीमा शिक्षाको कमी भएकोले उक्त समस्या आएको बताउदै भविष्यमा सुधार गरेर जाने जिकिर गर्नु भयो । केही खाद्यान्नमा तौल कम भएको बताउदै उक्त गल्तीलाई सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।
सभापति खानले आईबार बाँकेको गनापुरमा रहेको केएल दुगड, पानस कम्पनी र अम्बे टिलको समेत अनुगमन गरी उद्योगहरुमा काम गर्ने मजदुरहरुको समस्या र पारिश्रमिकका विषयमा छलफल गर्नु भएको थियो । सभापति खानले अम्बे स्टिलमा काम गर्ने मजदुरहरुले समयमा पैसा पाउन नसकेको गुनासो गर्नुका साथै सुरक्षा कब्जहरु समेत कम्पनीले उपलब्ध नगराउद जोखिम मोलेर काम गरी रहेको पिडा सुनाएको बताउनु भयो । उहाँले फ्याक्ट्री म्यानेजर अनुज श्रेष्ठलाई अम्बे स्टिलमा देखा परेको समस्यालाई तत्काल समाधान गर्न निर्देशन दिएको बताउदै काठमाडौ फर्किए लगत्तै लिखित रुपमा आवश्यक निर्देशनहरु पठाउने बताउनु भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu