राजेन्द्र यादव कपिलवस्तु साझेदारी वनको चुनावी मैदानमा
कपिलवस्तु – कपिलवस्तु साझेदारी वन व्यवस्थापन समितिको अध्यक्ष पदमा राम कुमार यादव (राजेन्द्र) चुनावी मैदानमा होमिएका छन । अध्यक्ष पदका उम्मेद्वार राम कुमार यादवले बन बिकासको लागी आफुलाई मतदान गर्न अनुरोध गरेका छ्न ।
कपिलबस्तु साझेदारी बन ब्यवस्थापन समितिको फागुन १६ गते हुने शिवराज ३ खरेन्द्रपुरमा हुने अधिवेशसनमा वन संरक्षण तथा उपभोक्ताको हितमा काम गर्न आफुलाई मतदान गर्न सम्पुर्ण प्रतिनिधिलाई यादवले अनुरोध गर्नुभयो ।
अध्यक्ष पदका लागी योग्य रहेको भन्दै र वनलाई आम उपभोक्ताको आपनत्व दिलाउने गरी काम गर्ने बताउनुभयो ।
वन भित्रहुने बेथिती र विसंगतीलाई हटाएर वनको लाभ सम्पूर्ण उपभोक्ताले सहजै पाउन सक्ने योजनाका साथ आफुले काम गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।