Connect with us
Kapilvast Forest

नेपाल आदर्श क्याम्पसमा कार्यरत प्राध्यापकहरुद्वारा अनिश्चित कालिन पेन डाउन

२०८०, १४ फाल्गुन सोमबारमा प्रकाशित

न्युज सेन्टर नेपाल-
कपिलवस्तुको शिवराज नगरपालिका १ शिवपुरमा रहेको नेपाल आदर्श बहुमुखी क्याम्पसमा कार्यरत प्राध्यापकहरुले अनिश्चित कालिन पेन डाउन गरेका छन ।

पब्लिक क्याम्पस प्राध्यापक सघं इकाई समिति नेपाल आदर्श बहुमुखी क्याम्पस शिवपुरले प्रेस विज्ञप्ति जारी गरि पेन डाउन गरेको जनाएको छ ।

क्याम्पस ब्यवस्थापन समितीले क्याम्पस प्रमुख भर्ना गर्दा अध्यापन गर्दै आएका प्राध्यापकहरुबाटै क्याम्पस प्रमुख चयन गर्न प्राध्यापकहरुले माग राखेर पेन डाउन गरेका छन् ।

नेपाल आदर्श बहुमुखी क्याम्पसमा प्राध्यापनरत प्राध्यापकहरुको फागुन १३ गते बसेको बैठकको सर्वसम्मत निर्णय अनुसार प्राध्यापकहरुले क्याम्पस सञ्चालक समितिलाई विभिन्न समयमा पेश भएका मागपत्र तथा जानकारी एवम् विभिन्न समयमा विभिन्न पक्षसँग भएका छलफलहरुलाई सम्बोधन मागहरुलाई बेवास्ता गरेकाले पेन डाउन गरेको पब्लिक क्याम्पस प्राध्यापक सघं इकाई समिति शिवपुरका अध्यक्ष कमल प्रसाद पौडेलद्वारा हस्तान्तरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

माग सम्बोधन नहुँदा सम्म वि.एड, वि. वि.एस तथा एम. एडका कुनै पनि शिक्षण सिकाई क्रियाकलापमा सहभागि नहुने (पेन डाउन गर्ने) निर्णय गरिएको पब्लिक क्याम्पस प्राध्यापक सघं इकाई समिति शिवपुरका सचिव काशीराम आचार्यले बताउनु भयो ।

नेपाल आदर्श बहुमुखी क्याम्पसका २३ जना प्राध्यापकहरु पेन डाउन गरेका छन ।

हेर्नुस प्रेस विज्ञप्ति ।।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu