Connect with us
Kapilvast Forest

अध्यक्ष तिवारीले आफ्नै जग्गामा सःमिल खोलेर वार्षिक ७२ हजार भाडा असुल्दै

२०८०, १५ फाल्गुन मंगलवारमा प्रकाशित

न्युज सेन्टर नेपाल
कपिलवस्तु साझेदारी वनका अध्यक्ष गंगेश नाथ तिवारीले आफनै जग्गामा काठ चिर्ने सः मिल खोलेर मासिक भाडा असुल्दै आएका छन । अध्यक्ष तिवारीले जिल्लाको महाराजगंज नगरपालिका वडा नं ११ बडेगाँवमा ३ बर्ष पहिले आफनै जंग्गामा सः मिल स्थापना गरी वार्षिक ७२ हजार जग्गा भाडा लिदै आएका छन । सः मिलको लागि बनेको ट्रष्टमा अध्यक्ष तिवारीले आफ्नो ट्याक्टर समेत राख्दै आएका छन ।

तिन बर्ष पहिले स्थापना गरिएको सः मिलमा अझैसम्म विद्युत समेत जडान नगरी तिवारीले भाडा लिदै आएको नाम नबताउनु सर्तमा एकजानले जानकारी दिनुभयो ।
तिवारीले सः मिल रेखदेख गर्न आफ्नै गाँउको एक जनालाई मासिक ११ हजारको दरले हेरालु समेत राखेका छन । सञ्चालन नै नभएको सः मिलको जग्गाको भाडा लिनु गलत भएको नागरिक समाजको गुनासोँ रहेको छ ।

साझेदारी वनका अध्यक्ष गंगेश नाथ तिवारीले एक बर्षको वार्षिक ७२ हजार रकम मात्र बुझेको बताउनुभयो । पछिल्लो दुई बर्षको किस्ता रकम निकासी नभएको तिवारीले बताउनुभयो । साझेदारीका उपभोक्तालाई सहजताका लागि बाडेगाँवजमा सः मिल खोलेको तर अझैसम्म विद्युत मिटर जडान गर्न नसक्दा सः मिल सन्चालन नभएको तिवारीले जानकारी दिनुभयो ।

कपिलवस्तु साझेदारी वन व्यवस्थापन समिति २०६७ सालमा स्थापना भएको थियो । तिवारी २०६७ देखी निरन्तर अध्यक्ष पदमा रहेका छन । कपिलवस्तु र अर्घाखाँचीको शितगंगा नगरपालिकाको वडा नं। ११ गरी ५ स्थानीय तहका २२ वडा समेटिएका छन् । कपिलवस्तु साझेदारी वन क्षेत्र ५ हजार ८७ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu