Connect with us
Kapilvast Forest

मिटरब्याज पीडितको आन्दोलनमा जसपाको ऐक्यबद्धता

२०८०, १५ फाल्गुन मंगलवारमा प्रकाशित

जनता समाजवादी पार्टी (जसपा) नेपालले मिटरब्याज पीडितको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ । जसपाले मिटरब्याज पीडितहरूले मङ्गलबार दिउँसो ३ बजे भृकुटीमण्डपबाट सुरु गर्न लागेको मार्चपासमा सहभागी भएर उनीहरूको आन्दोलनप्रति ऐक्यबद्धता जनाउन लागेको हो ।

सरकारले उनीहरूको न्यायोचित माग र मुद्दालाई वार्ताको माध्यमबाट सम्बोधन गर्नुपर्ने र समस्या समाधानमा तदारुकता जनाउनु पर्ने जसपाको माग रहेको छ ।

पार्टीका कार्यकारिणी समिति सदस्य एवम् सङ्गठन विभाग प्रमुख राजेन्द्र प्रसाद श्रेष्ठको नेतृत्वमा पार्टीका नेता, कार्यकर्ताहरू ऐक्यबद्धता जनाउन आन्दोलनमा सहभागी हुन लागेका हुन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu