प्रचण्ड सरकारमा तीन नयाँ अनुहार, बलराम, विराज र सुमना

काठमाडौ- प्रधानमन्त्री पुष्पकमल दाहाल कांग्रेससँग गठबन्धन तोडेसंगै बुधबार मन्त्रिपरिषद विस्तार भएको छ ।
तीन जना मन्त्रीलाई दाहालले यस अघि मन्त्रालयको जिम्मेवारी दिएका थिए भने बुधबार मन्त्रिपरिषद विस्तार गर्दा उनले १६ जना मन्त्री थप गरी २० सदस्यीय मन्त्रिपरिषद गठन भएको छ ।
नयाँ मन्त्रिपरिषदमा नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादी सम्मिलित गठबन्धन बन्दा यी सबै पार्टीबाट मन्त्रीहरू सहभागी बनेका छन्।
२० सदस्यीय मन्त्रिपरिषदमा तीन जना मन्त्री नयाँ अनुहारका छन्।
नेकपा एमालेबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बनेका बलराम अधिकारी नयाँ अनुहार हुन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट युवा तथा खेलकुद मन्त्री बनेका विराजभक्त श्रेष्ठ र त्यही पार्टीबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेकी सुमना श्रेष्ठ नयाँ अनुहार हुन्।
यसरी यस पटकको सरकारबाट धेरै अपेक्षा गरेका छन । अन्य मन्त्रीहरु भने बिगतमा मन्त्री भइसकेका छन ।
त्यसमाथि गठबन्धनको राजनीतिबाट आजित भएको जनतालाई विश्वस्त बनाउने नयाँ अनुहार प्रति समेत धेरै अपेक्षा छ ।

