कपिलवस्तुका बलराम अधिकारी बने भूमि व्यवस्था मन्त्री , १७ मन्त्रीले पाए मन्त्रालय

काठमाडौँ —प्रधानमन्त्री पुष्पकमल दाहालकाे नयाँ मन्त्रिमण्डल १७ जनाकाे भएकाे छ ।
तीन जना मन्त्रीले सोमबारै शपथ लिएकाले आज १४ जनाले शपथ लिनेछन् ।
एमालेबाट रघुवीर महासेठकाे नेतृत्वमा उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री भएका छन । पदम गिरी, कानुन न्याय तथा संसदीय मामिला,हरि उप्रेती रक्षा, भगवती चौधरी महिला बालबालिका,राजेन्द्र राई खानेपानी,दामोदर भण्डारी उद्योग,ज्वालाकुमारी साह कृषि, बलराम अधिकारी भूमि व्यवस्था मन्त्रालयकाे जिम्मेवारी पाएका छन ।
यस्तै माओवादीबाट नरायणकाजी श्रेष्ठ उपप्रधान तथा परराष्ट्र, वर्षमान पुन अर्थ, शक्ति बस्नेत उर्जा, रेखा शर्मा सञ्चार, हितबहादुर तामाङ, पर्यटन मन्त्री बन्ने भएका छन ।
रास्वपाबाट रवि लामिछाने उपप्रधान तथा गृह, डीपी अर्याल श्रम,विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद, सुमना श्रेष्ठलाई शिक्षा मन्त्रालयकाे जिम्मा दिएकाे छ।

