चनई मदरसामा कम्प्युटर र प्रीन्टर सेट वितरण
न्युज सेन्टर नेपाल,
कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ४ ले चनई गाउँमा रहेको मदरसा दारूल उलूम अनवारुल क़ुरान आधारभूत विद्यालयमा कम्प्युटर र प्रीन्टर सेट वितरण गरेको छ ।
वडा अध्यक्ष नसीम अहमद खाँले कम्प्युटर सेट प्रीन्टर सेट हस्तान्तरण गरेको बताउनु भयो ।
विद्यालयको कार्यसम्पादनमा सहज र विद्यार्थीलाई प्राविधिक शिक्षा सिकाइमा सहजत ल्याउन उक्त समाग्री वितरण गरेको वडा अध्यक्ष खाँले बताउनु भयो ।
कम्प्युटर र प्रीन्टर सेट पाएपछि मदरसा दारूल उलूम अनवारुल क़ुरान आधारभूत विद्यालय परिवार खुसि भएको छ ।