Connect with us
Kapilvast Forest

११ किलो लागूऔषध सहित दुई जना पक्राउ

२०८०, २९ फाल्गुन मंगलवारमा प्रकाशित

पर्सा प्रहरीले छुट्टा-छुट्टै स्थानबाट ११ किलो भन्दा धेरै अवैद्य लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। वीरगञ्ज महानगरपालिका–९ घण्टाघरस्थित तरकारी बजार नजिकै रहेको टेम्पु स्टेशनबाट तीन केजी पाँच सय ग्राम, वीरगञ्ज १६ स्थित अरविन्द कुमार गुप्ताको कवाड गोदामबाट पाँच केजी आठ सय ग्राम र वीरगञ्ज २५ चण्डालचोकबाट एक केजी आठ सय ग्राम गरी ११ किलो भन्दा धेरै लागूऔषध गाँजासहित दुई जनालाई पर्सा प्रहरीले पक्राउ गरेको हो।

प्रहरीले वीरगञ्ज महानगरपालिका १६ फुलवारी टोलका ४५ वर्षीया ईसलाम मियाँ र पर्सा जिल्लाकै सखुवाप्रसौनी गाउँपालिका ८ को जमुनियाका ५५ वर्षीय कुब ठाकुरलाई पक्राउ गरेको छ। वीरगन्जमा बस्ने भारत घर भएका ३० वर्षीय अरविन्दकुमार गुप्ता फरार रहेको प्रहरीले जनाएको छ।

ना १३ प ६५९५ नम्बरको मोटरसाइकलमा वीरगञ्जतर्फ आउँदै गरेका वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ फुलवारी टोलका मियाँले बोकेको झोलामा लुकाएर राखिएको अवस्थामा सेतो टेपले बेरिएको एक केजी आठ सय ग्राम अवैध लागूऔषध गाँजा भेटिएपछि मियाँ पक्राउ परेका हुन्। पक्राउ परेकामाथि अनुसन्धान भइरहेको पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिनुभयो।

अस्थायी प्रहरी पोष्ट घण्टाघरबाट खटिएको चेकिङ टोलीले घण्टाघर स्थित तरकारी बजार नजिकै रहेको टेम्पु स्टेशनबाट पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ८ जमुनियाका ठाकुरले आफ्नो साथमा लिएको झोलाभित्र लुकाइ छिपाई राखेको तीन केजी पाँच सय ग्राम अवैद्य लागूऔषध गाँजा फेला परेपछि ठाकुरविरुद्द लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिनुभयो।

वडा प्रहरी कार्यालय विर्ता र इलाका प्रहरी कार्यालय नगवाबाट खटेको संयुक्त प्रहरी टोलीले कबाड गोदाममा खानतलाशी गर्दा तीन पोकामा रहेको पाँच केजी आठ सय ग्राम लागूऔषध गाँजा फेला परेको थियो। प्रहरीले कबाड गोदाम सञ्चालक भारतीय नागरिक अरविन्दकुमार गुप्ता फरार रहेकाले उनको खोजी भइरहेको जनाएको छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu