Connect with us
Kapilvast Forest

मलङ्गवा साक्षर नगर घोषणा

२०८०, २९ फाल्गुन मंगलवारमा प्रकाशित

सर्लाहीको सदरमुकाम समेत रहेको मलङ्गवा नगरपालिकालाई साक्षर नगरपालिका घोषणा गरिएको छ । नगरभित्रका ९६.१३ प्रतिशत नागरिक साक्षर भएको दावीसहित मलङ्गवालाई सर्लाही जिल्लाको पहिलो साक्षर नगरपालिका घोषणा गरिएको हो ।

नगरप्रमुख नागेन्द्र प्रसाद यादवको अध्यक्षतामा सर्लाही क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य एवम् निवर्तमान खानेपानी मन्त्री महिन्द्रराय यादवले साक्षर मलङ्गवा घोषणा स्तम्भको अनावरण गर्दै मलङ्गवालाई साक्षर नगर घोषणा गर्नुभएको हो ।

नगरको १२ वटा वडाका १५ वर्षदेखि ६० वर्ष उमेर समूहका पाँच हजार ६३० जनामध्ये पाँच हजार ४१२ जना अर्थात् ९६.१३ प्रतिशत नागरिक सामान्य लेखपढ गर्नसक्ने भएपछि साक्षर नगरपालिका घोषणा गरिएको नगरपालिकाका सूचना अधिकारी राजकुमार अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रत्येक वडामा शिक्षक परिचालन गरी सिकाइ केन्द्र सञ्चालन गरेर १५ वर्षदेखि ६० वर्ष उमेर समूहका नागरिकलाई विभिन्न चरणमा लेखपढ गर्न सिकाइएको छ ।

अभियान सञ्चालनपश्चात नगरभित्र अहिले ९६.१३ प्रतिशत नागरिक सरकारले साक्षर पालिका घोषणाका लागि बनाएको मापदण्ड अनुसार लेखपढ गर्न सक्ने भएका नगरपालिकाले दावी गरेको छ । नगरप्रमुख नागेन्द्रप्रसाद यादवले अक्षर नचिन्ने, आफ्नो नाम लेख्न तथा हस्ताक्षर गर्न नसक्ने व्यक्तिलाई सम्झाइबुझाइ गरी सामान्य अक्षर चिन्न सक्ने तथा आफ्नो नाम लेख्न सक्ने बनाइएको बताउनुभयो।

पहिलो चरणमा प्रत्येक घरधुरीमा पुगेर निरक्षर व्यक्तिको तथ्याङ्क सङ्कलन गरी दोस्रो चरणमा शिक्षक परिचालन गरेर सामान्य लेखपढ गर्न सिकाइएको हो । कार्यक्रममा मलङ्गवा नगरपालिकालाई साक्षर बनाउन योगदान पुर्‍याउने सामुदायिक विद्यालयका शिक्षकहरुलाई सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदीले जानकारी दिनुभयो ।

सोही समारोहमा ‘साक्षर मलङ्गवा नगरपालिका’ नामक पुस्तक विमोचन गरिएको छ । कार्यक्रममा निवर्तमान मन्त्री महिन्द्रराय यादव, प्रदेशसभा सदस्य कौशलकिशोर राय, प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलालगायतले सम्वोधन गर्दै आगामी दिनमा पनि सचेतना जगाउने र निरक्षरलाई साक्षर बनाउने अभियानलाई निरन्तरता दिन सुझाव दिनुभएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu