कपिलवस्तुमा सालको चिरान काठ सहित बोलोरो गाडी नियन्त्रणमा

सनिउल्ला धोबी,
सव डिभिज वन कार्यालय शिवपुरको टोलीले कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ५ हेल्लोडिहवाबाट सालको चिरान काठ लोड गरि ल्याउदै गरेको बोलोरो गाडी नियन्त्रणमा लिएको छ ।
सब डिभिजन वन कार्यालय शिवपुरले ६५.१३ क्युफिट ३१ वटा चिरान काठ र बोलोरो गाडी नियन्त्रणमा लिई डिभिजन वन कार्यालय गौतमबुद्धमा बुझाएको छ ।
बजार मूल्य अनुसार करिब ३ लाख २५ हजार बराबरको चिरान काठ नियन्त्रणमा लिइएको हो ।
लु ३ च ४०१७ नम्बरको बोलोरा गाडीमा अवैध काठलोड गरि तस्करहरुले ल्याउदै गर्दा वनका कर्मचारीले नियन्त्रणमा लिएका थिए ।
वनको टोलीलाई देखेपछि तस्करको टोली भागेको वन अधिकृत प्रेम शंकर गुप्ताले जानकारी दिनुभयो ।
। सनिवार राती उक्त काठ र बोलोरो गाडी नियन्त्रणमा लिइएको वन अधिकृत गुप्ताले बताउनु भयो ।
सालकाे चिरान काठ लाेड गरेकाे बाेलाेराे गाडी पक्राउ गरि कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ ।

