Connect with us
Kapilvast Forest

नवलपुरमा बस दुर्घटना हुँदा आठ जना घाइते

२०८१, १५ जेष्ठ मंगलवारमा प्रकाशित

रातभरि परेको पानीले पूर्व–पश्चिम राजमार्गसहित नवलपुरका विभिन्न ठाउँमा बाटो अवरुद्ध भएको छ । लगातार परेको पानीले पूर्व–पश्चिम राजमार्ग, कालिगण्डकी कोरिडोर तथा भित्री सडकहरू अवरुद्ध भएका र सञ्चालनका लागि पहल भइरहेका नवलपुर प्रहरीले जनाएको छ ।

गैँडाकोट नगरपालिका थुम्सीस्थति पूर्व–पश्चिम राजमार्गको ओरालोमा सडक भासिएर अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ । भासिएको सडकमा नवलपरासीबाट नारायणगढ तर्फ जाँदै गरेको लु १ ख ८५१३ नं. को बसले अचानक ब्रेक लगाउने क्रममा बस भित्र रहेका यात्रुहरू हुत्तिएर बसभित्रै ठोक्किँदा ८ जना घाइते भएका छन् ।

घाइते हुनेहरूमा पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका ७ सहित ८ जना घाइते भएका हुन् । दुर्घटनामा सरावल २ बस्ने ४० वर्षीया कुन्तीदेवी चौधरी, सोही ठाउँका ७० वर्षीया चम्पा थारु, ५७ वर्षकी देवकी चौधरी, ७५ वर्षका कलेसी थारु, ६५ वर्षकी गर्भीदेवी थरुनी, ६७ वर्षका भेषनारायण थारु, ५६ वर्षकी कान्तिदेवी थरुनी र बर्दघाट नगरपालिका १२ की ४३ वर्षीया सन्जीदेवी थरुनी घाइते भएको नवलपुरका सूचना अधिकारी प्रहरी सहायक उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो । घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।

यस्तै नवलपुरको विनयी त्रिवेणी गाउँपालिका २ विश्वकर्मा मन्दिर नजिकै नारायणघाट–बुटवल सडक खण्डमा बर्सातको कारण डाइभर्सनको माटो बगाएर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

जिल्लाको हुप्सेकोट गाउँपालिका ५ पाङग्रेस्थति दलदले डेढगाँउको भित्री सडक खण्डमा पहिरोले अवरुद्ध भएको बाटो खुलाउने प्रयास भइरहेको प्रहरी सहायक उपरीक्षक पौडेलले बताउनुभयो ।

मध्य बिन्दु नगरपालिका ७ र ८ जोड्ने गिरवारी खोलामा आएको बाढीले सोही खोलामा बन्दै गरेको पुलमा प्रयोग गरिँदै आएको २ वटा जेनेरेटर डुबाएको र काठ र प्लाइउड पनि बगाएको छ ।

गैँडाकोट नगरपालिका अन्तर्गत काली गण्डकी कोरिडोरको तरङ्गा खोलामा पहिरो जाँदा बाटो दुईतर्फी अवरोध भएको प्रहरीले जनाएको छ । अवरुद्ध सडकहरू खुलाउने प्रयास भइरहेको प्रहरीको भनाइ छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu