अमेरिकामा रहेको नेपाली तराइएनको संस्था (ANTA) को अध्यक्षमा कपिलवस्तुका तौलेश्वर निर्वाचित
सनिउल्ला धोबी-
अमेरिकामा रहेको नेपाली तराइएनको संस्था (ANTA) ले आफ्नो ७ औं महाधिवेशन वाशिङटन डी.सी. मा सम्पन्न भएको छ ।
ANTA को १९ वर्षको इतिहासमा पहिलो पटक नेपालको अवध क्षेत्र जिल्ला कपिलवस्तु शिवराज नगरपालिका हाल कोलम्बस ओहियो बस्ने तौलेश्वर प्रसाद चौधरी अध्यक्षमा निर्वाचित हुनु भएको छ ।
कार्यक्रमको प्रमुख अतिथिको रुपमा नेपालको प्रतिनिधि सभा सदस्य तथा जनमत पार्टीको राष्ट्रीय अध्यक्ष, डा. सि.के. राउत हुनुहुन्थ्यो ।

कार्यक्रममा संस्थाको चार जना संस्थापक सदस्यहरू अन्नपूर्णा देव, ललित झा, मुकेश सिंह, रतन झा, साथै सल्लाहकारहरू: लोकेन्द्र ठाकुर र मुकेश कर्णको समेत सहभागीता रहेको थियो ।
महाधिवेशनमा लगभग २ सय जना ANTA को सदस्यहरूको सहभागीता रहेको थियो ।

कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति समेत रहेको थियो । ANTA को नयाँ केन्द्रीय कार्यकारी समितिलाई २०२४- २०२६ को कार्यकालको घोषणा गरेको छ ।
ANTA को केन्द्रीय कार्यकारी समिति यस प्रकार रहेको छ ।
श्री तौलेश्वर प्रसाद चौधरी, OH: अध्यक्ष
श्री ध्रुव कुमार झा, CA: उपाध्यक्ष
श्री सुनिल मिश्र, NJ उपाध्यक्ष (राष्ट्रिय)
श्रीमती सुनैना चौधरी, TX: उपाध्यक्ष (अन्तर्राष्ट्रिय)
श्री प्रभात झा, IN: महासचिव
श्री सन्तोष साह, PA: उप कोषाध्यक्ष
श्री बसंत चौधरी, MO: उप महासचिव
श्री दिवाकर जैसवाल, NC: उप कोषाध्यक्ष
सुश्री सुश्मिता मिश्र, OH: प्रवक्ता
श्रीमती रुबी देव, TX: मुख्य प्रविधि अधिकारी र सदस्य
श्रीमती श्यामली साह, CA: केंद्रीय सदस्य
श्री नासिम अंसारी, KY: केंद्रीय सदस्य
श्रीमती प्रतिभा रानी कर्ण, TX: केंद्रीय सदस्य
श्रीमती निलम यादव, OH: केंद्रीय सदस्य
श्री सन्तोष झा, VA: केंद्रीय सदस्य
श्री अमिरी मोची, GA: केंद्रीय सदस्य