Connect with us
Kapilvast Forest

जसपा नेपाल फुटविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

२०८१, २७ जेष्ठ आईतवारमा प्रकाशित

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ ।

यसअघि शुक्रबार न्यायाधीशद्वय हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको इजलासमा परेको रिट ‘हेर्दा हेर्दै’मा राखिएको थियो ।

अध्यक्ष यादवले जसपा नेपाल विभाजन गरी अशोक राईले जनता समाजवादी पार्टी बनाएको र त्यसलाई निर्वाचन आयोगले मान्यता दिएकोविरूद्ध वैशाख ३१ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

निर्वाचन आयोगले राई नेतृत्वमा गठन भएको जनता समाजवादी पार्टीलाई आधिकारिकता दिएको असंवैधानिक रहेको भन्दै यादव सर्वोच्च अदालत गएका गएका थिए ।

उक्त रिटमा जेठ २ गते न्यायाधीश विनोद शर्माको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै निर्वाचन आयोगको दल दर्ताको प्रक्रिया यथास्थिति राख्न भनेको थियो ।

गत वैशाख २३ गते जसपा नेपालबाट फुटेर राई पक्षले पार्टी विभाजन गरेपछि निर्वाचन आयोगले वैशाख २४ गते दल दर्ताको प्रमाणपत्र दिएको थियो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu