Connect with us
Kapilvast Forest

सन्दीप लामिछाने वेष्टइण्डिजमा हुने विश्वकपका खेलमा सहभागी हुने

२०८१, २८ जेष्ठ सोमबारमा प्रकाशित

 काठमाडौं । क्रिकेटर सन्दिप लामिछाने विश्वकप क्रिकेटका वेस्टइण्डिजमा हुने खेलहरुमा सहभागी हुने भएका छन् ।

क्रिकेट एशोसिएसन अफ नेपाल (क्यान)का सचिव पारस खड्काका अनुसार वेस्टइण्डिजमा हुने खेलमा लामिछाने राष्ट्रिय क्रिकेट टोलीमा समावेश भएर खेल्ने छन् । उनले दक्षिण अफ्रिका र बंगलादेशविरुद्धका खेल खेल्ने छन् ।

विश्वकप क्रिकेट २०२४ का खेलहरु अमेरिका र वेष्टइण्डिजमा भइरहेका छन् । नेपाली राष्ट्रिय टोलीका अरु सदस्यहरु अमेरिका गएर खेलिरहे पनि सन्दीपलाई अमेरिकाले भिसा दिएको थिएन ।

आईसीसीको समन्वयमा लामिछानेले वेष्टइण्डिजमा हुने खेल खेल्न लागेको क्यानले जनाएको छ । लामिछानेले प्रतिश जिसीको स्थान लिने छन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu