नेपाल आदर्श बहुमुखी क्याम्पसको क्याम्पस सभा सम्पन्न
न्युज सेन्टर नेपाल
कपिलवस्तुको शिवपुरमा रहेको नेपाल आदर्श बहुमुखी क्याम्पस १६ औं क्याम्पस सभा तथा तेस्रो अधिबेशन सम्पन्न भएको छ । १६ औं क्याम्पस सभा तथा तेस्रो अधिबेशनमा लुम्बिनी प्रदेश सरकारका माननीय वन तथा वातावरण मन्त्री अर्जुनकुमार केसीको प्रमुख आतिथ्यतामा समुद्घाटन भएको छ ।
कार्यक्रममा मन्त्री केसीले खोज अनुसन्धानका विषय विश्वविद्यालय क्याम्पसहरूका प्राज्ञिक संस्थाहरूले गर्नुपर्ने साथै विश्वविद्यालय क्याम्पस रहेको स्थानका नागरिकहरूमा समुन्नत सुसंस्कारमा समुदायलाई ढाल्न प्रभाव पार्न सक्नुपर्नेमा जोड दिनुभयो ।
क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष लङ्क बहादुर हमालको अध्यक्षता, क्याम्पस व्यावस्थापन समितिका उपाध्यक्ष नारायणप्रसाद ज्ञवालीको स्वागत मन्तव्य रहेको कार्यक्रममा क्याम्पस का साधारण तथा आजीवन सदस्यरू, क्याम्पस प्राध्यापकहरू, विद्यार्थी लगायतको उपस्थिति रहेको थियोे । कार्यक्रममा विभिन्न व्यक्तिलाई सम्मान समेत गरिएको थियो ।