शिवराज ६ मा समय अगावै सबै योजना सम्पन्न
सनिउल्ला धोबी-
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ६ ले आर्थिक वर्ष सकिन १ महिना बाकी छँदै सम्पुर्ण योजनाहरु सम्पन्न गरेको छ ।
उक्त वडाले चालु आर्थिक वर्षमा २२ वडा योजनाहरु सञ्चालन गरेको थियो । जसमा सबै योजनाहरु सम्पन्न भइसकेको वडा नं ६ का वडाध्यक्ष माहेताब आलम खाँले जानकारी दिनुभयो ।
वडाले सनिबार एक कार्यक्रम गरी वडाको योजना समिक्षा र वडाबाट गठित उपभोक्ता समितिलाई सम्मान गरेको वडा अध्यक्ष खाँले जानकारी दिनुभयो ।
वडा अध्यक्ष खाँले भन्नुभयो ‘’ उपभोक्ता समिति, जनप्रतिनिधि, वडाका कर्मचारी र तपाइँहरु सबै जनता सबैको सहयोगमा हामीले कसमयमै काम सम्पन्न गर्न सफल भयौं,’ ।
कार्यक्रममा वडा सचिव राम प्रसाद चौधरीले वर्ष भरी गरेका कामको प्रगती प्रतिबेदन पेश गर्दै आर्थिक वर्ष २०८०र०८१ मा भएका गरेका कामको जानकारी गराउनु भएको थियो ।
उक्त वडामा जन्म मृत्यु बसाइँसराईँ, विवाह सम्बन्ध विच्छेद लगायतमा १ सय भन्दा बढी घटना दर्ता भएको बताउनुभयो ।
सो वडा भित्रका १ हजार भन्दा बढी जनाले सामाजिक सुरक्षा भत्ता लिएको सचिव चौधरीले बताउनुभयो ।
वडामा १ हजार भन्दा बढी घरधुरी र ७ हजार ४ सय जनाको बासोबास रहेको छ ।
कार्यक्रममा वडा सदस्य, राजनैतिक दल, विद्यालय, योजना उपभोक्ता समितिका प्रमुख एबं प्रतिनिधिहरु भद्रभलादमीहरुले मन्तव्य राखेका थिए ।