Connect with us
Kapilvast Forest

भनेको नमान्ने मन्त्रीलाई प्रधानमन्त्रीले बर्खास्त गर्न सक्नुपर्छ : प्रभु साह

२०८१, ५ असार मंगलवारमा प्रकाशित

आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले आगामी आर्थिक बर्षको बजेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेको प्रतिवद्धता अनुरुपको योजना र रकम विनियोजन नदेखिएको बताएका छन् ।

बजेट आउनुअघि प्रधानमन्त्री प्रचण्डले तीन करोड, पाँच करोड भन्दा साना योजना संघीय बजेटमा नराख्ने बताएका थिए । मंगलबार प्रतिनिधि सभाको बैठकमा बजेटमाथिको छलफलमा बोल्दै आजवा अध्यक्ष साहले आफूले भने अनुसार बजेट निर्माण नगर्ने मन्त्रीलाई प्रधानमन्त्रीले हटाउन सक्नुपर्ने सुझाव दिए । अन्यथा, स्वयं प्रधानमन्त्रीमाथि नैतिक प्रश्न उठ्ने उनले बताए ।

‘आफूले भनेको चलेको छैन भने कुन मोरलले बस्नुहुन्छ ? चलेको छ भने कसरी उल्लंघन भयो । यदि कुनै मन्त्रीले तपाईंले भनेको मान्नुभएन भने बर्खास्त गर्ने हैसियत राख्नुस् । यदि आफ्नै कुरामा टिक्नुभएको छैन भने तपाईं पनि त्यहाँ बस्न मिल्छ जस्तो लाग्दैन’, उनले भने ।

बजेट पहुँचवाला नेता र मन्त्रीको क्षेत्रमा मात्रै पर्ने प्रवृत्ति नियन्त्रण गर्न आवश्यक रहेको बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu