Connect with us
Kapilvast Forest

मधेश अहिले पनि आन्तरिक उपनिवेशमा छ : महन्थ ठाकुर

२०८१, ५ असार मंगलवारमा प्रकाशित

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेशमा अहिले पनि आन्तरिक उपनिवेश रहेको बताएका छन् । मंगलबार प्रतिनिधिसभामा मन्त्रालयगत बजेटमाथि छलफलमा भाग लिएका उनले राज्यले मधेशीमाथि अन्याय गरेको बताए ।

‘मधेश त अहिले पनि नेपाल राज्यको आन्तरिक उपनिवेश हो, उपनिवेशको आफ्नो बोली हुँदैन, भाषा हुँदैन, आफ्नो व्यक्तित्व हुँदैन, मास्टरको जो बोली हुन्छ, त्यही त्यहाँको बोली हुन्छ, त्यही त्यहाँको जनताको बोली हुन्छ,, उपनिवेशको बोली सुन्दैन, हामी जता गए पनि जे भने पनि हाम्रो बोलीको महत्व हुँदैन’, ठाकुरले भने ।

मधेश आन्दोलनका नेताहरु अभिराम शर्मा, रामशंकर मिश्र, सुरेश पाण्डे, धर्मेन्द्र रायलगायतलाई अदालतले जेल सजाय सुनाएको भन्दै ठाकुरले नेपाल राज्यको चरित्र जस्तो छ,, अदालतमा पनि त्यस्तै देखिएको बताए ।

नेपालको इतिहास शान्तिपूर्ण नभएको भन्दै उनले विगतदेखि नै विभिन्न आन्दोलन हुँदै आएको तर अहिले मधेश आन्दोलनमा सहभागीहरुले मात्र मुद्दा बोक्नुपरेको टिप्पणी गरे ।

‘यहाँ पुराना पार्टीहरु जम्मै हतियार उठाएर नै आएका छन् । माओवादी जनयुद्ध गरेर नै आएको छ, तर बताउन सक्नुहुन्छ ? उनीहरु कसैको माथि मुद्दा छ ? अनि त मधेशीहरु माथि नै किन ?’, उनले प्रश्न गरे ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu