कपिलवस्तुको विजयनगरले अटेरी गरि राष्ट्रिय वनमा अवैध संरचना निर्माण गर्दै
न्युज सेन्टर नेपाल-
कपिलवस्तुको विजयनगर गाउँपालिका ४ स्थित राष्ट्रिय वनमा अवैध संरचना निर्माण भैरहेको छ ।
राष्ट्रिय वन क्षेत्र भित्र कुनै पनि स्थायी, अस्थायी संरचना निर्माण गर्न नपाइने नियम रहेपनी गाउँपालिकाले सुरही पुल छेउमा जबर्जस्ती अटेरी गरि अवैध संरचना निर्माण गरिरहेको छ ।

उक्त संरचना कुन प्रयोजनको लागि निर्माण हुँदै छ भन्ने अझैसम्म खुलेको छैन । निर्माण स्थलमा कुनै पनि बोड लागेको छैन ।
स्थानीय भन्छन विजयनगर गाउँपालिका प्राविधिक इन्जिनियर आउछन उक्त संरचना सुटुक्क हेर्छन जान्छन ।
विजयनगर गाउँपालिका अध्यक्ष गोपाल थापा र प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालको दवाबले गर्दा उक्त सरंचना वन क्षेत्रमा निर्माण भैरहेको स्थानीयले बताए ।
विजयनगर गाउँपालिका प्राविधिक इन्जिनियर नवीन डुम्रेका अनुसार जनप्रतिनिधि र हाकिमको आदेश अनुसार उक्त संरचना निर्माण भइरहेको बताउनु भयो । इन्जिनियर डुम्रेले भन्नुभयो “गाउँपालिकाले बजेट बिनियोजन गरेपछि आफुहरुले उक्त संरचना निर्माणको लागि प्राविधिक स्टिमेट गरि निर्माणकार्य अघि बढाएका छौ ।”

गाउँपालिकाको रु ५ लाखको लागतमा अवैध रुपमा राष्ट्रिय वन क्षेत्र भित्र संरचना निर्माण गरिनु गलत भएको वातावरण संरक्षणकर्मीको भनाई रहेको छ ।
विजय गाउँपालिकाको आर्थिक सहयोगमा उक्त संरचना निर्माण भइरहेको प्रती वन कार्यालय मौन बसेको स्थानीयले आरोप लगाएका छन ।
विजयनगर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालसगँ वनमा संरचना निर्माण गर्नका लागि अनुमती लिनु भएको छ भनेर सोधपुछ गर्दा कुनै अनुमती नलिएको बताउनु भयो । पालिकाको लगानीमा प्रतीक्षालय निर्माण भैरहेको वताउनु भयो । उहाले भन्नू भयो पालिको बजेट हो, अनुमती लिनु पर्दैन ।
यता डिभिजन वन कार्यालय गौतमबुद्धका डिभिजनल प्रमुख बेसिन्द्र राज सुबेदीले राष्ट्रिय वन क्षेत्रमा कुनैपनी संरचना निर्माण गर्नु गैर कानुनी भएको बताउनु भयो ।
राष्ट्रिय वन क्षेत्रमा संरचना निर्माण गरेको थाहा पाए लग्गतै विजयनगर गाउँपालिकालाई पत्र काटेको डिभिजन प्रमुख सुबेदीले बताउनु भयो । बैशाख २७ गते नै उक्त संरचनाको निर्माणकार्य बन्द गर्नका लागि विजयनगर गाउँपालिकालाई पत्रचार गरेको डिभिजन प्रमुख सुबेदीले बताउनु भयो ।

उहाले भन्नू भयो “अवैध संरचना निर्माण भैरहेको खबर पाउन साथ गाउपालिकालाई पत्रचार गरेका थियौ अहिलेसम्म पत्रको जवाफ आएको छैन ।” अहिले पुन निर्माणकार्य गरेको पाइएकोले तत्काल निर्माणकार्य रोक्ने वहाले बताउनु भयो ।
वनमा अवैध संरचना बनाए वन ऎनमा के छ कानुनी कार्वाही ।।
