Connect with us
Kapilvast Forest

८४ मा एक्लै सरकार चलाउन सक्ने बनौं : गगन थापा

२०८१, १२ असार मंगलवारमा प्रकाशित

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारतिर ध्यान नदिई ०८४ को चुनाव जित्ने गरी काम गर्न पार्टी कार्यकर्तालाई आग्रह गरेका छन्

मंगलबार काठमाडौंमा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनमा उनले सरकार चलाउने जिम्मा अहिले सरकारमा रहेका दलहरुलाई नै छोडिदिन आग्रह गरे ।

‘यो सरकार जसले चलाइरहेको छ, यसलाई चलाउन दिउँ । एमाले, माओवादी, घण्टी, जो—जोले चलाएका छन्, चलाउन दिऔं, चलाउन् । सरकारतिर हामी हेर्दै नहेरौँ । र यति राम्रोसँग हामी पार्टी निर्माण गरौँ कि, पार्टीलाई स्वच्छ पनि पारौं, बलियो पनि बनाऔँ । तलैबाट पार्टीको एकता पनि गरौँ । हार्दिकता पनि बढाऔं’, महामन्त्री थापाले भने ।

उनले प्रत्यक्षमा १०० सिट र समानुपातिकमा ४० प्रतिशत मत ल्याउन सके एकल सरकार चलाउन सकिने बताए ।

‘धेरै पनि भन्दिनँ म, २०८४ सालमा कम्तीमा पनि सय सिट जित्ने गरिकन र ४० प्रतिशत मत ल्याउन सक्ने गरिकन गयौं भने यही मिश्रित प्रणालीमा एकल सरकार चलाउने तागत मात्रै होइन, संविधानमा लेखिएका यी कुराहरुलाई सकारात्मक ढंगले कार्यान्वयन गर्नसक्ने त्यो तागत पनि नेपाली कांग्रेसले राख्छ’, थापाले भने ।

अबको चुनावमा गठबन्धन गर्ने, अर्को पार्टीसँग मिलेर सरकार बनाउने भन्ने कुरा नसोच्न पनि थापाले कार्यकर्ताहरुलाई आग्रह गरे ।

‘यता मिल्ने, उता मिल्ने, उसँग मिल्ने कुरा छोडिदिऔँ । म जादुगर हो भनेको जस्तो गरी यता उफ्रिने, उता उफ्रिने काम प्रधानमन्त्रीलाई छोडिदिऔँ । यो उहाँहरुकै जिम्मा हो । यो बीचमा पार्टी निर्माण गर्ने काममा लागौं’, उनले भने ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu