Connect with us
Kapilvast Forest

कपिलवस्तुको यातायात ब्यवसायी आन्दोलनमा, चन्द्रौटा-कृष्णनगर सडकमा यातायात ठप्प

२०८१, २२ असार शुक्रबारमा प्रकाशित

सनिउल्ला धोबी-
कपिलवस्तुको कृष्णनगर यातायात प्रालीका ब्यवसायी आन्दोलनमा उत्रिएका छन । टेम्पु तथा इ.रिक्साले लामोद दुरीको यात्रुलाई समेत ओसारपसार गरेपछि यातायात ब्यवासायी अन्दोलित भएको छन । बस नचल्दा यात्रुलाई आवतजावतमा समस्या सृजना भएको छ ।

टेम्पू तथा ई. रिक्साले ज्यादती गरेपछि कृष्णनगर यातायात प्रालीमा आबद्ध रहेका ब्यावसायी अन्दोलित भएको कृष्णनगर यातायात प्रालीका अध्यक्ष नुर मोहम्मद मुसलमानले जानकारी दिनुभयो ।

जिल्लाको चन्द्रौटा देखि कृष्णनगरसम्म र बहादुरगन्ज देखी तौलिहवासम्म सवारी साधन बन्द गरी आन्दोलनमा उत्रीएको कृष्णनगर यातायात प्रालीका अध्यक्ष नुर मोहम्मद मुसलमानले जानकारी दिनुभयो ।

टेम्पू तथा ई. रिक्सा व्यवस्थापन गर्न स्थानीय निकायको जिम्मेवारी भएको तर स्थानीय तहले ब्यवस्थापन तर्फ कुनै चासो नदेखाएकाले बध्य भएर आन्दोलन गर्नु परेको अध्यक्ष मुसलमानले बताउनु भयो ।

टेम्पू तथा ई. रिक्सा व्यवस्थापनका लागि सम्मानित अदालतबाट आदेश आएपनी स्थानीय निकायले बेवास्ता गरेपछि आन्दोलन गरेको कृष्णनगर यातायात प्रालीका कार्यालय प्रमुख प्रदिप कुमार गुप्ताले बताउनु भयो ।

यातायात व्यवस्था नियमावली तथा अदालतको निर्णय बमोजिम टेम्पु तथा अटोरिक्सा मुख्य सडकभन्दा अलग अलग रुटमा सन्चालन हुने नियम रहेको कार्यालय प्रमुख गुप्तालले जानकारी दिनुभयो ।

टेम्पु, अटोलाई आलो पालो प्रणालीमा संचालन गराउन, नगरमा दर्ता गरि नम्बर दिने ब्यवस्था स्थानीयले गर्नुपर्ने
र नगर पालिका का शो दर्ता नम्बर अंकित व्यवसायी मात्र संचालन गर्नु पर्ने भनि सर्व सम्मति बाट निर्णय सवारी धनी रफातुल्ला गद्दी मुसलमानले बताउनुभयो ।

कृष्णनगर यातायात प्रालीकले पश्चिमाञ्चल बस व्यवसायी प्रा.लि, इलाका प्रहरी कृष्णानगर, नमस्ते राप्ती यातायात प्रा.लि. सजिलो कृष्णानगर यातायात प्रा.लि.
र प्राचीन कपिलवस्तु यातायात प्रा.लिलाई समेत जानकारी गराएको छ । कृष्णनगर यातायात प्रालीमा ६४ वाट सवारी दर्ता रहेका छन ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu