Connect with us
Kapilvast Forest

अर्घाखाँचीमा पहिरो खस्दा सडक अवरुद्ध

२०८१, २४ असार आईतवारमा प्रकाशित

लगातारको तीन दिनको अविरल वर्षाले अर्घाखाँचीको सडक अवरुद्ध भएको छ । वर्षाका कारण अर्घाखाँचीको मुख्य सडक गोरुसिङ्गे–सन्धिखर्क सडक आइतवार विहानदेखि अवरुद्ध भएको हो ।

अवरुद्ध रहेको गोरुसिङ्गे–सन्धिखर्क सडक नेपाल प्रहरी, सशस्त्र प्रहरी, जेसिभी मेसिनहरू र स्थानीय बासीन्दाको भनाइ छ । तीन दिनदेखि सडक अवरुद्ध हुने र खुल्नेक्रम चलिरहेको स्थानीयले बताएका छन् ।

सन्धिखर्क नगरपालिका –६ दहखोला र बहोखरमा पहिरो खसेर अवरुद्ध भएको सडक आइतवार विहान १० बजेदेखि फेरि सञ्चालन गरिएको वडा अध्यक्ष श्रीधर महत्राले बताउनुभयो ।

सडक खुले पनि जोखिम कायमै छ, सडक अवरुद्ध भइरहने स्थान रहनुभएका वडाअध्यक्ष महत्राले बताउनुभयो । यात्रा गर्दा अत्यावश्यक काम बाहेक यात्रा नगर्न प्रमुख जिल्ला अधिकारी जिल्ला सूर्यबहादुर खत्रीको आग्रह छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu